• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिममा पहिलोपटक खुल्दै राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय

  •   बुधबार, असोज १७, २०८० मा प्रकाशित

काठमाडौं- सरकारले कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक अघि बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको करिब ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका हो ।

विधेयक अब संसद्मा पेस हुन बाटो खुलेको छ । कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ । यसअघि गेटा मेडिकल कलेज बनाउने भनिए पनि सरकारले ०७९ माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

त्यसका लागि गेटामा पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । कानुनी बाटो तयार भइसकेपछि सुदूरपश्चिममै पहिलोपटक विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ ।

यस किसिमको विश्वविद्यालय सञ्चालनका लागि ०५६ देखि नै प्रयास थालिएको थियो । सोहीअनुसार ०५६ मा मेडिकल कलेज स्थापनाका लागि गेटा आँखा अस्पतालनजिक ७७ बिघा जमिन छुट्याइएको थियो ।

०६६ मा राष्ट्रिय योजना आयोगमार्फत मेडिकल कलेज बनाउन ११ करोड रुपैयाँ विनियोजन भएको थियो भने ०६६ मै गेटा मेडिकल कलेज संरचना विकास समितिसमेत गठन भयो ।

०७४ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै वेला पूर्वाधार निर्माण कार्य सुरु गरियो । २९ माघ ०७९ मा मन्त्रिपरिषद्बाट गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विस्तार गर्ने निर्णय भयो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट विश्वविद्यालयको विधेयक तयार भई स्वीकृत भएपछि विश्वविद्यालय सञ्चालनमा अर्को उपलब्धि भएको छ ।

हाल देशभर सातवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र २१ वटा मेडिकल कलेज सञ्चालनमा छन् । तर सुदूरपश्चिममा यस्तो प्रतिष्ठान तथा विश्वविद्यालय भने छैनन् । अब सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रकै स्वास्थ्य क्षेत्रमा थुप्रै अध्ययन अनुसाधन हुने अनुमान गरिएको छ ।

विश्वविद्यालय सञ्चालनका लागि लामो समयदेखि संघर्ष र विभिन्न अभियान सञ्चालन गर्दै आएका अभियन्ता तथा पूर्वसांसद डा।दीपकप्रकाश भट्टले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रका मात्रै नभई नेपालकै स्वास्थ्य क्षेत्रमा ठूलो आयाम ल्याउने र स्वास्थ्य क्षेत्रका थुप्रै अध्ययन अनुसन्धान हुनसक्ने बताए ।

‘यो हामी सबैका लागि ठूलो उपलब्धि हो, अझ सुदूरपश्चिमका लागि हर्षको विषय हो । यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा यो नयाँ सुरुवाती सुधारको संकेत पनि हो । अब सबै विषयमा अध्ययन अनसुन्धान गर्न र सबै विषय बढाउन विश्वविद्यालयले मद्दत गर्छ,’ उनले भने ।

सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालन हुनुपर्ने मागसहित दबाबमूलक आन्दोलन र सर्षघका कार्यक्रम हुँदै आएका थिए । लामो समयदेखि सुदूरपश्चिम क्षेत्रले माग गरेको विश्वविद्यालय सञ्चालनका लागि सरकार सकारात्मक देखिएपछि स्वास्थ्य क्षेत्र फराकिलो बन्ने अनुमान गरिएको हो ।

कहिले के निर्णय भए ?
– ०५६ मा मेडिकल कलेज स्थापनाका लागि गेटा आँखा अस्पताल नजिक ७७ बिघा जमिन छुट्याइयो
– ०६६ मा राष्ट्रिय योजना आयोगमार्फत मेडिकल कलेज बनाउन ११ करोड रूपैयाँ विनियोजन
– ०६६ मै गेटा मेडिकल कलेज संरचना विकास समिति गठन
– ०७४ मा प्रचण्ड प्रधानमन्त्री भएकै बेला पूर्वाधार निर्माण कार्य सुरु
– २९ माघ ०७९ मा मन्त्रिपरिषद्बाट गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विस्तार गर्ने निर्णय
– हाल विश्वविद्यालयको विधेयक तयार भई मन्त्रिपरिषद्को बैठकबाट व्यवस्थापिका संसद्मा दर्ता

नयाँपत्रिकाबाट

  • स्वास्थ्य विज्ञान विश्वविद्यालय
बुधबार, असोज १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.