नरेन्द्र रावल/ अछाम- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अछामको यही असोज १८ गते अछाम सदरमुकाम मंगलसेनमा हुने भनिएको तिन महिने विशेष रुपान्तण अभियानको समीक्षा, प्रशिक्षण, बैठक स्थगित भएको छ ।
नेकपा माओवादीका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको विशेष उपस्थितिमा हुने भनिएको कार्यक्रम नेता आचार्य बिरामी भएपछि स्थगित गरिएको नेकपा माओवादी केन्द्र अछामका संयोजक रवीन्द्र साउदले बताए ।
माओवादी केन्द्र अछामले सञ्चालन गरेको जनता सँग माओवादी विशेष रुपान्त्रण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समीक्षा तथा प्रशिक्षण कार्यक्रममा उपस्थितिका लागी अछाम आउनु भएका नेता अचार्यको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अछाम बयालपाटा अस्पतालमा उपचार हुन नसकेपछि अजै हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको पार्टीका केन्द्रीय सदस्य एवं अछाम इन्चार्ज ओम प्रकाश पुनले बताए ।
आचार्य सँगै कार्यक्रमका लागी अछाम आउनु भएका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट समेत नेता आचार्य सँगै फकिएपछि हाललाई अछामको कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्र अछामले जनाएको छ ।













