धनगढी- कैलालीको घोडाघोडीमा नेकपा एमाले प्रदेश प्रतिनिधी छनोटमा विवाद भएको छ । प्रदेश प्रतिनिधि छनोटमा निर्वाचन कमिटीले कुनै प्रकृया नपुगाएर एक्लौटी घोषणा गरेको भन्दै विवाद सृजना भएको हो ।
घोडाघोडीको वडा नम्बर १ बाट ८ जना छनोट गरिएको प्रति असन्तुष्ट पक्षको आरोप छ । निर्वाचन कमिटीले विधान अनुसार र भूगोल क्षेत्र नछुटाई एकलौटी वडाबाट प्रतिनिधि छनोट गरेपछि असन्तुष्ट उम्मेदवारहरूले एमालेको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र घोडाघोडी नगर कमिटीमा मुद्दा हाल्ने तयारी गरेको छ।


















