धनगढी- धनगढीमा ‘टिर्चर भलिबल कम्पिटेसन’ प्रतियोगिता सुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ बुद्ध मार्गमा रहको हिलवल्डे ईङलिस बोडिङ स्कुलको आयोजनमा बिहीबारदेखि टिर्चर भलिबल कम्पिटेसन २०८० सुरु भएको हो ।
हिलवल्डे ईङलिस बोडिङ स्कुलका संस्थापक अध्यक्ष एवम् गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट र विशिष्ट अतिथि हिलवल्डे ईङलिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल डिलिराम शर्मा रहेका थिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भट्टलेले केक काटेर गरे । उद्घाटन सत्रमा बोल्दै ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भट्टले हिलवल्डे ईङलिस बोडिङ स्कुलले अन्य भन्दा फरक र पृथक कार्यक्रम गर्दै आएकाले छुटै पहिचान बनाउन सफल भएको भन्दै प्रसंशा गरे । उनले प्रतियोगिता सफलताको शुभकामना समेत व्यक्त गरे ।
प्रतियोगितामा हिलवल्ड ईङलिस बोडिङ स्कुल, स्टेपिङ स्टोन स्कुल, एरिष्टो, नेपाल पुलिस, चैतन्य पाठशाला, डिस्कोबरी, कोभिडा इन्टरनेशनल र ऐश्वर्य विद्या निकेतन स्कुल गरेर आठ वटा विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिता यही असोज २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाइएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन स्कुलका शिक्षक भक्त परियारले गरेका थिए ।













