धनगढी- कैलालीमा साढे तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-४ बाट बझाङको बुङ्गल नगरपालिका-२ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामी लागु औषध चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको रमेशसिंह साउँदको कमाण्डले कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीबाट बिहीबार राति पक्राउ गरेको जनाएको छ। उनको साथबाट तीन किलो पाँच सय ग्राम लागु औषध चरेस बरामद गरिएको हो।
धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट चरेश फेला पारी नियन्त्रणमा लिइएको छ। धामी र मोटरसाइकललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय माला खेतीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
















