• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

कञ्चनपुरमा छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित

कञ्चनपुर- बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुन् । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उनी लागेका छन् । धानको उत्पादन बढाउनका लागि उनले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाएका छन् ।

रोपेको धानभन्दा खेतमा छरेको धान फस्टाउदो छ । कृषक मल्लले चिस्यानयुक्त खेतमा उपकरणको सहायताले सिधै उन्नत जातको युएस तीन सय पाँच जातको धान छरेका हुन् ।

“यस प्रविधिबाट धान रोप्न खेत हिल्याउनु पर्दैन”, कृषक मल्लले भने, “ रोपाहाको खोजी गरी खेतमा धान रोप्नुभन्दा सिधै खेतमा सिड ड्रिल मेसिन प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।” परम्परागत विधिको तुलनामा यस प्रविधिबाट लगाइएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।

एक बिघा जग्गामा परम्परागत विधिमा लगाइएको धानभन्दा यस प्रविधिबाट लगाइएको धानका लागि १५ हजारदेखि २० हजार कम लाग्ने गरेको उनले बताए । “छरुवा विधिबाट लगाइएको धानको बालामा तीन सय ८० देखि चार सय दाना लागेका छन्”, कृषक मल्लले भने, “परम्परागत विधिबाट रोपाइँ गरी लगाइएको धानमा अधिकमा एकसय ६० दाना मात्रै छन् तर यो प्रविधिबाट लगाइएको धानको उत्पादन दोब्बरले बढी भएको छ ।”

चार बिघा जग्गामा छरुवा विधिबाट धान खेती गरेका उनीमा धानको उत्पादन बढ्दो रुपमा रहेकाले अर्को वर्ष बढी जग्गा लिजमा लिएर धान खेती गर्ने सोच पलाएको छ । कृषक मल्लकै प्रेरणाले बेदकोट नगरपालिका–३ का किसान दीपेन्द्र रावलले पनि छरुवा विधि प्रयोग गरी एक हेक्टर जमिनमा धान खेती गरेका छन् । उपकरणको प्रयोगबाट खेतमा धान छर्न थालेपछि छिमेकीले जग्गा बाँझो राख्ने भो भनेर मुखामुख गरेको उनले स्मरण गरे।

“धानका बोटले गाँड फोडेर जब बाला लाग्न सुरु भए मुखामुख गर्नेहरु यसै प्रविधिको प्रयोग गरी अर्को वर्षदेखि धान खेती गर्छौं भन्न थालेका छन्”, रावलले भने, “अर्को वर्षदेखि छिमेकका २५ किसानले यही प्रविधिबाट धान खेती गर्ने भएका छन् ।” डेढ बिघा जग्गामा रोपाइँ गरेर धान खेती गर्दा मुस्किलले २० देखि २२ बोरी मात्रै धान उत्पादन हुने गरेको उनले बताए ।

आधुनिक तरिकाले थोरै श्रममा धान खेती गर्दा यस वर्ष धानको उत्पादन बढेर दोब्बर बढी हुनेमा उनी विश्वस्त छन् । “खेतमा झुलेका धानका बाला हेर्न दैनिक खेतमा पुग्ने गरेको छु”, कृषक रावलले भने, “यसरी खेतमा धान झुलेको पहिलो पटक नै हो, लोभलाग्दो छ, नगरपालिकका कृषि जेटिए पनि हप्तामा एक पटक धान नियाल्नका लागि पुग्ने गरेका छन् ।”

पहिलो वर्ष भएकाले झारपात व्यवस्थापन भनेजस्तो गर्न नसकिएको उल्लेख गर्दै उनले अर्को वर्षदेखि व्यवस्थित तरिकाले खेती गरी बढी उत्पादन लिने बताए । यस प्रविधिबाट धान खेती गर्दाप्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन हुने सेवा निवृत्त कृषक मल्लको भनाइ छ ।

थोरै सिँचाइ गरे पुग्ने, कम बीउ लाग्ने, न्यून श्रमशक्ति प्रयोग हुने भएकाले यस प्रविधिमा धान खेती गर्दा लागत खर्च घट्ने उनले बताए। “जलवायु परिवर्तका कारण केही वर्षयतादेखि मनसुनी वर्षा ढिलो हुँदै आएकोे छ”, कृषक मल्लले भने, “परम्परागत प्रविधिले धानबाली प्रणालीमा नकारात्मक असर गरेको छ, यस्तो अवस्थामा छरुवा धान खेती प्रविधि उयुक्त छ ।”

कृषक मल्लले आफूले मात्रै यस्तो प्रविधिबाट धान खेती नगरेर अरू किसानलाई पनि यसबारे जानकारी गराई उन्नत धान खेती गर्नतर्फ किसानलाई उत्प्रेरित गर्दै आएका छन्।

बर्सात्का बेला डिआरएस प्रविधिमा धान खेती र हिउँदमा रैथाने जातको आलु खेती गरी आम्दानी लिँदै आएका कृषक मल्लले वर्षमा दुवै खेतीबाट १५ देखि २० लाख जति आम्दानी हुने गरेको बताए। उन्नत प्रविधिमा खेती गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन कञ्चनपुर इकाइले मलखाद र बीउमा सहयोग पु¥याँदै आएको छ । रासस

 

  • धानको उत्पादन बढ्दो
शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो

समाचार

सबै

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.