कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित भगतपुरमा दुई वर्षअघि नै बनेको होल्डिङ सेन्टर प्रयोगमा आएको छैन । हनुमान कन्स्ट्रक्सनले २९ करोड २४ लाखमा चैत ०७८ मा निर्माण गरेको थियो । तर, हस्तान्तरण नै नहुँदा होल्डिङ सेन्टर सेनाले रेखदेख गर्दै आएको छ ।
हनुमान कन्स्ट्रक्सनका म्यानेजर लक्ष्मण सापकोटाले होल्डिङ सेन्टर हस्तान्तरणमा समस्या भएको बताए । ‘बुझिदिने निकाय भएनन्, कसलाई बुझाउने हामी अन्योलमा छौँ,’ उनले भने । स्थानीय, प्रदेश र संघीय सरकारका अधिकारीले स्थलगत अनुगमन गरे पनि सञ्चालनको स्पष्ट खाका आइसकेको छैन ।
















