• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बैतडीमा जीर्ण भवनबाट प्रहरीको शान्तिसुरक्षा

  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित

बैतडी- बैतडी जिल्लामा रहेका ३२ वटा प्रहरी कार्यालय (युनिट) मध्ये २७ वटाको आफ्नै भवन नहुँदा भाडाको जीर्ण भवनबाट प्रहरी कर्मचारी अहोरात्र नागरिकको शान्तिसुरक्षामा खटिन बाध्य छन् ।

प्रहरीले भाडामा लिएका भवनमध्ये १४ वटाको अवस्था जीर्ण रहेको छ । भूकम्पले बेला बेलामा कार्यालय भवन हल्लाइरहँदा प्रहरी कर्मचारी त्रसित बन्ने गरेका छन् । हिउँदमा चिसो र बर्खामा पानी चुहिने समस्या त सामान्य जस्तै छ ।

स्थानीय सरकार गठन भएसँगै नागरिकको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका नाममा प्रहरी कार्यालय (चौकी) माग गर्नेको चाप बढ्दो छ । सोही माग अनुसार बैतडीका विभिन्न पाँच ठाउँमा अस्थायी प्रहरी चौकीसमेत खडा गरिएका छन् ।

पुर्चौडी नगरपालिकाको न्वादेउ र भटनामा दुई वर्षअघि खुसियाली मनाएर उद्घाटन गरिएको अस्थायी प्रहरी चौकीको जीर्ण भवन भूकम्पले हल्लाइदिँदा नागरिकलाई शान्तिसुरक्षा दिने प्रहरी कर्मचारी नै त्रसित बनेर बस्न बाध्य छन् ।

अस्थायी प्रहरी चौकी स्थापना हुँदा स्थानीय जनप्रतिनिधिले खुसियाली नै मनाएका थिए तर प्रहरीका लागि भवन निर्माण गर्न सहयोग जुटाउन नसकेको भनाइ स्थानीयको छ । सिगास, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका केन्द्रमा पनि अस्थायी प्रहरी कार्यालय स्थापना भएका छन् ।

शान्तिसुरक्षाका लागि स्थानीय सरकारलाई प्रहरी चाहिने भए पनि बस्ने घर असुरक्षित हुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । ज्यानको माया मारेर नागरिक सेवामा प्रहरी दौडिनुपर्ने अवस्था छ उनले भने, “चौकीसँग सवारीसाधनसमेत नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

अधिकांश अस्थायी प्रहरी चौकीमा राम्रोसँग सुत्नलाई कोठा नहुँदा सेवाग्राहीको अपेक्षा अनुसार प्रहरीले सेवा दिन नसकेको गुनासो स्थानीयको छ । जिल्ला प्रहरी कार्यालय मातहत २४ स्थायी प्रहरी चौकी, पाँच अस्थायी, एक इलाका प्रहरी कार्यालय र एक सीमा प्रहरी चौकी गरी ३२ वटा युनिट रहेका छन् ।

दुई लाख ४४ हजार चार सय जनसङ्ख्या रहेको यस जिल्लाको पश्चिमी भूभागले भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चप्पावत जिल्लाको सीमालाई छोएको छ । नेपालतर्फ पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला र दक्षिणमा डडेलधुरा जिल्ला छ ।

पश्चिमी सीमानाका झुलाघाटबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकसँगै भारतीय नागरिकको समेत आवागमन हुने गरेको छ । सुरक्षाका दृष्टिकोणले भने यस जिल्लामा प्रहरीको सक्रियता बढी नै आवश्यक देखिन्छ ।

जनसङ्ख्याको चाप र भूगोल अनुसार मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकामा रहेको प्रहरी चौकी ‘क’ श्रेणीमा राख्नुपर्ने माग भए पनि भवन निर्माणको योजना र प्रहरी चौकीको स्तरवृद्धि हुन सकेको छैन । गोरखापत्रबाट

  • प्रहरीको शान्तिसुरक्षा
शनिबार, असोज २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.