धनगढी- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई विकास र सुशासनको वास्ता नभएको बताएका छन् । आइतबार नेकपा एकालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै ओलीले भने ‘अहिलेको सरकार देश जनता सम्झिने सरकार छैन्,सरकारलाई विकास,सुशासनको वास्ता छैन्’ । ‘एमालेले सरकार छोडेदेखि ओरालो लागेको छ’ उनले भने ‘दुई वर्षको बीचमा अर्थतन्त्र ध्वस्त भएको छ,७ प्रतिशतभन्दा माथि पु¥याएको बृद्धिदर २ प्रतिशत भन्दा तल पु¥याएका छन्’ ।
त्यस्तै अहिलेको सरकारले विदेशिने जनशक्ति रोक्न नसकेको आरोप लगाए । ‘अहिलेको सरकारले बाहिर जाने जनशक्ति रोक्न सकेको छैन्,खेतबारी बाझा छन’् ओलीले भने ‘विद्यार्थी विदेश पढ्न जादा इन्जिनियरिङ,कृषि प्राविधिक कलेजहरुलेले विद्यार्थी नपाउने अवस्था भएको छ,साच्चिकै देश अप्ठ्यारो अवस्थामा छ’ ।
देश ओरालो अवस्थामा लागेको बताउँदै उनले अब देश एमालेले मात्रै बनाउने जिकिर गरे । उद्घाटन सत्रमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल,सचिवहरु लेखराज भट्ट,छविलाल विश्वकर्मालगायतका नेताले शुभकामना मन्तव्य राखेका थिए । सोमबारसम्म धनगढीमा सञ्चालन हुने महाधिवेशनले प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छ ।
















