कञ्चनपुर- महेन्द्रनगरका मसाज९स्पा०सेन्टरमा प्रहरीले छापा हानेको छ । महेन्द्रनगरका मसाज सेन्टरमा यौनजन्य गतिविधि भइरहेको गुनासो आएपछि प्रहरीले आइतबार ती मसाज सेन्टरमा छापा हानेको हो ।
प्रहरी टोली पुग्दा मसाज गराउन आएका केही ग्राहक सिङ्गै नाङगो अवस्थामा भेटिएका थिए । मसाज सेन्टरमा यसरी युवती मार्फत नाङगै भएर मसाज गराउने कार्यले यौनजन्य गतिविधि भइरहेको पुष्टि भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी पुष्कर राज पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए । उनका अनुसार भीनपा ४ महेन्द्रनगरको ग्ल्यामर, भीनपा ५ बनखेतको ग्ल्यामर, बनखेतकै कोहिनुर, भीनपा ६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानिएको छ ।
प्रहरीका सूचना अधिकारी पन्तले रामसिंह विष्ट सञ्चालक रहेको बनखेतको ग्ल्यामर स्पाबाट म्यानेजर महेश पाल, नरेन्द्र शाह सञ्चालक रहेको कोहिनुर स्पाबाट म्यानेजर दया भट्ट सहित सहित ७ महिला, ८ पुरुषलाई पक्राउ गरिएको बताए ।
स्पाबाट पक्राउ परेका महिला कामदार हुन, भने पुरुष ग्राहक हुन । ६ भारतीय पुरुष रहेका छन् । समाज सेन्टरमा प्रहरी पुग्दा ग्राहक आपत्तिजनक अवस्था भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले स्पा सेन्टरमा अनैतिक गतिविधि भइरहेको गुनासो आइरहेको बताए । यौनजन्य हर्कत भइरहेको गुनासो आएपछि प्रहरीले केही स्पाहरूमा छापा हानेको बताए । ‘समाजलाई अपाच्य हुने हर्कत देखिए, ‘एसपी थापाले भने, ‘अब उहाँहरूमाथि कानुनी प्रक्रियादेखि थप विषयमा छानबिन गछौँ ।’
नितान्त व्यावसायिक ढङगले समाजलाई पाच्य हुने काम भन्दा पृथक् काम गरेको पाइएको एसपी थापाले बताए । पक्राउ परेका कामदार, ग्राहक तथा सञ्चालकमाथि आवश्यक थप अनुसन्धान गरेर कानुनी कारबाही गरिने एसपी थापाले बताए ।
















