धनगढी- धनगढी उपमहानगरपालिकाले धनगढी वडा नम्बर १ लक्ष्मीनगरमा रहको बालाजी आइसक्रिम उद्योगलाई जरिवाना गरेको छ ।उपमहानगरपालिकाको बजार अनुगमन टोलीले मंगलबार बजार अनुगमनका क्रममा बालाजी आइसक्रिम उद्योगलाई जरिवाना गरेको हो ।
आइसक्रिमको खोल बाहिर उत्पादन मिति र म्याद सकिने मिति नभएकाले दुई हजार रुपैयाँ जरिवाना गरिएको धनगढी उपमहानगरपालिका बजार अनुगमन टोलीका संयोजक नारायणप्रसाद शर्माले बताए ।
उक्त उद्योगलाई आगामी दिनमा बिक्री वितरण गर्दा मिति राखेर बेच्न सुझाव समेत दिएको उनले बताए । उनका अनुसार पहिलो पटक भएकाले सम्झाई बुझाई गरेर दुई हजार मात्रै जरिवाना लिएको र आगामी दिनमा पनि यो कार्य गरेको फेला पारे नियमानुसार कारबाही गरिनेछ ।
त्यस्तै अनुगमन टोली धनगढीकै वडा नम्बर ८ का विभिन्न पसलहरूमा अनुगमन गर्दै केही म्याद गुज्रेका खाद्य वस्तुहरू नष्ट गर्नुका साथै बिक्री वितरणमा समेत रोक लगाएको छ । उपमहागनरपालिकाको अनुगमन टोलीले बजार अनुगमनलाइ तिब्रता दिइरहेको छ ।
















