डोटी- डोटीमा गएराति एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ स्थित दुधपोखरीका प्रेमबहादुर रावलको घरमा आगलागी भएको हो। दुई तले दुई कोठे खरले छाएको कच्ची घर जलेर पुर्णरुपमा नष्ट भएको छ।
आगलागीबाट घरभित्र रहेका सम्पुर्ण खाद्यसामाग्री, लुगाकपडा, एक सुनको तिलहरी, नगद ८ं० हजार गरेर दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायाको क्षति भने केहि नभएको हो ।
















