• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

वडाअध्यक्षले आफ्नो पारिश्रमिक अशक्त र वृद्धवृद्धालाई बाँडेपछि…

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

कञ्चनपुर- बिहीवार हिजो कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को वडा कार्यालयमा ज्येष्ठ नागरिक भरिभराउ थिए । सत्तरी वर्षदेखि १०० वर्ष पुगेका वृद्धवृद्धा कुनै सामाजिक या अन्य कुनै भत्ता बुझ्न जम्मा भएका होइनन् ।

उनीहरूसँगै वडाले बनाएको मापदण्डअनुसार पूर्ण अपाङ्गता भएका २० जना स्थानीयसमेत वडा कार्यालयमा जम्मा भएका थिए । यसरी वडा कार्यालयमा जम्मा हुनुको कारण थियो, वडाध्यक्ष आसेफ कुँवर (भुन्टू) को मनकारी निर्णय ।

विसं २०७४ सालमा वडाध्यक्षमा पहिलोपटक चुनाव लड्नुअघि नै आफूले वडाबाट पाउने पारिश्रमिकलगायत अन्य सुविधा वडामै खर्चिने घोषणा गरेका कुँवरले चुनाव दोस्रोपटक जितेयता ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको दैनिक खर्चका लागि पारिश्रमिक रकम वितरण गर्दै आएका छन् ।

यसका लागि वडाका एक सय ४१ ज्येष्ठ नागरिक र २० जना पूर्ण अपाङ्गता भएका व्यक्ति आज वडा कार्यालयमा जम्मा भएका हुन् । वडाध्यक्ष कुँवरले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई प्रतिव्यक्ति एक हजार पाँच सयका दर रुपैयाँले सहयोग वितरण गरे । आफूले वार्षिकरूपमा पाएको दुई लाख ४१ हजार पाँच सय रुपैयाँ नगद रकम वडामा वितरण गरेको उनले जानकारी दिए ।

‘चुनावअघि घोषणा गरेयता विगत छ वर्षदेखि निरन्तर पारिश्रमिक बस्तीमै वितरण गर्दै आएको छुु, वडाध्यक्ष कुँवरले भने, ‘यो एउटा सानो कामले वडाका ज्येष्ठ नागरिकमा खुसीयाली नै पाएका छौँ ।’

त्यसैगरी वडाध्यक्षले वितरण गरेको रकम लिँदै वडाका एक सय वर्षीय गम्भीरसिंह चैसिरले खुसी व्यक्त गरे । ‘रकम कति दिए ठूलो कुरो नहुन सक्छु, चैसिरले भने, ‘हामी पनि हाम्रो वडाध्यक्ष जत्तिको मनकारी जनप्रतिनिधि पाएकामा गर्व गर्छौँ ।’ उनले वडाभरिका ज्येष्ठ नागरिक वडाध्यक्षको कामप्रति सन्तुष्ट रहेको बताए ।

वडामा रकम वितरण गरिरहँदा ज्येष्ठ नागरिकले खुसीका आँशुमात्रै झारेनन् । वडाध्यक्ष कुँवरलाई फूलमालाले स्वागत गर्दै आशीर्वाद पनि दिइरहेका छन् । ८८ पालिका रहेको सुदूरपश्चिममा पहिलोपटक आफूले पाएको पारिश्रमिक वडाकै नागरिकलाई वितरण गर्दै आएका कुँवरले अहिले मासिक रु २२ हजार पारिश्रमिक पाउने गरेको बताए ।

‘शुरुमा रकम वितरण गर्दा मासिक पारिश्रमिक १७ हजार रुपैयाँ हाराहारी थियोु, उनले भने, ‘छ वर्षपछि आइपुग्दा २२ हजार रुपैयाँ पुगेको छ ।’ उनले ज्येष्ठ नागरिकको साथ र सहयोगले नै आफू दोस्रोपटक वडामा भारी मतान्तरले विजयी भएको बताए ।

‘वडाको समग्र विकास र बजेट ल्याउने विषयमा पनि केन्द्रसम्म पहल गर्दै आएको छु, उनले भने, ‘जनप्रतिनिधिले जनताको सेवा गर्ने हो, सुविधा लिने होइन ।’ उनले दोसो कार्यकालसम्म आइपुग्दा वडामा १२ लाख रुपैयाँभन्दा बढी रकम वितरण गरिसकेको बताए ।

‘रकम लिन छुटेकालाई घरमै गएर पनि वितरण गर्छुु, उनले भने, ‘वडाध्यक्ष रहँदासम्म पारिश्रमिक लिन्नँ ।’ दशैँको मुखमा वडाध्यक्षबाट नयाँ नोट पाएपछि हर्षित देखिनुभएका वडाका ९८ वर्षीया पार्वतीदेवी पाण्डेयले वडाध्यक्ष कुँवरले गरेको असल काम अरु जनप्रतिनिधिले पनि सिक्नुपर्ने बताए ।

‘हरेक वर्ष वडाध्यक्ष बाबुले दिएको रकमले सामान्य फलफूल खर्च भए पनि चलेको छु, उनले भने, ‘सामान्य औषधिमुलो पनि यहाँबाट चल्दा खुसी नहुने को होला र?’

 

 

  • आफ्नो पारिश्रमिक
शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.