धनगढी- सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हेटक्वाटर कैलालीले धनगढीको खुल्ला मञ्चमा पिङ हालेको छ । धनगढी उपमहानगरपालिका–१ को खुल्ला मञ्चमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बलले पिङ हालेको हो ।
दशैँ, तिहार तथा छठ पर्वको अवसरमा पिङ खेलेर रमाइलोको गर्ने उद्देश्यका साथ खुला मञ्चमा पिङ हालिएको सशस्त्र प्रहरीले जनाएको छ ।
















