• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

थारू बस्तीमा सखियाको रौनक

  •   बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित

कञ्चनपुर- एकतिर बैठै राम भैया लक्ष्मण, एकातिर सिता जानकी
जुवा पासा खेलै राम भैया लक्ष्मण, राम त हरि भल जाई हो ।
यिनै हरफबाट सुरु हुन्छ सखिया नृत्य । अगाडि मादल बजाउने पुरुष (मदलिया) । पछाडि एकानासको पहिरनमा सजिएर नाच्ने युवतीहरू ।

कुनै बेला दुई लाइनमा उभिन्छन्, कुनै बेला गोलो घेरमा । मादलको तालमा युवतीहरू निहुँरिन्छन्, उफ्रिन्छन् । अगाडि बढ्छन्, दायाँ र बाँया फर्किन्छन् ।

दसैं सुरु भएदेखि थारू बस्तीमा सखिया नृत्यको रौनकता छ । बिहानदेखि साँझ अबेरसम्मै मादलको तालमा महिला नाच्नछन् । कृष्णाष्टमीदेखि सुरु हुने सखिया नृत्य दसैंसम्म नाचिन्छ । यसमा पुरुषले मादल बजाउँछन् ।

जसलाई थारु भाषामा मदलिया भनिन्छन् । अंगिया, चोली र फरियामा सजिएका महिलाहरु हातमा मिजरा समातेर नाच्ने गर्छन् । मादलको तालमा नाच्दै मिजरा पनि बजाउँछन् ।

‘सखिया नृत्य थारु समुदायको प्रमुख नृत्य हो,’ थारु समुदायका अगुवा बलबहादुर डगौंराले भने, ‘साथी भाईहरु मिलेर नाचिने भएकाले पनि यसको नाम सखिया रहन गएको हो ।’

उनका अनुसार कृष्णाष्टमीपछि थारु समुदायमा खेतीपातीमा रोग किरा नलागोस् भनेर हरेरी गुरेरी पुजा गरिन्छ । त्यतिबेला नांगो खुट्टाले आगो निभाइन्छ । त्यहि बेलादेखि सखिया नृत्य सुरू हुन्छ ।

बर्खामा खेतीपातीको काम सकेर थकान मेटने माध्यमका रुपमा पनि सखिया नृत्यलाई लिइन्छ । हिलो मैलो सबै हटाउन मनोरञ्जनात्मक रुपमा सखिया नृत्य सुरु भएको कञ्चनपुरको बेदकोट नगरपालिका ७ मन्दिरपुरका बन्धु डगौंरा बताउँछन् ।

उनी अगुवा मदलिया (मादल बजाउने) पनि हुन् । सखिया नृत्यको सबै नियन्त्रण अगुवा मदलियाले गर्छ । उसकै संकेतका आधारमा ताल फेर्ने, नाच्नेहरुले दायाँ बायाँ फर्किने, अगाडी बढ्ने तथा उफ्रिने र निहुरिने जस्ता क्रियाक्लापहरु नृत्यमा हुन्छन् ।

सखिया प्राय रातीको समयमा नाचिन्छ । तर फुलपातीदेखि टिकाको दोस्रो दिनसम्म दिउँसो पनि नाच्ने गरिन्छ । त्यसअघि भने रातीको समयमा मात्रै नाचिन्छ ।

‘बिहानदेखि साँझसम्मै नाच्छौं,’ मन्दिरपुरकी सीता डगौंराले भनिन्, ‘सखियामा कृष्णलीला गाइन्छ, परम्परागत अन्य गीतहरु पनि गाइन्छ ।’ उनी सखिया नृत्यको गीत गाउँछिन् । गीत गाउनेलाई मोरिन्या भनिन्छ ।

‘हाम्रा पुर्खाहरुले यसैगरी नाचे, हामी पनि त्यहि सिक्दै अगाडी बढ्यौं,’ बन्धुले भने, ‘सखिया नाचेपछि धर्ती जाग्छ (ब्यूँझिन्छ) भन्ने मान्यता पनि छ ।’ उनका अनुसार बर्खायामको खेतीपातीको कामबाट थकान मेटने माध्यमका रुपमा पनि यसलाई लिने गरिएको छ ।

‘सखियामा कृष्ण जन्मिनुभन्दा अघिदेखि कंशको बध सम्मका गीतहरु गाइन्छन्,’ शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका गहनु चौधरीले भने, ‘यो कृष्णलीलामै आधारित छ, थारु संस्कृतिमा सखिया प्रमुख मानिन्छ ।’

उनका अनुसार बर्खायाममा खेतीपातीको कामबाट थकान मेटन, गाउँलेहरु एका ठाउँमा भेला भई मनोरन्जन गर्न र बर्खाको हिलो मैलो हटाउने माध्यमका रुपमा सखियालाई लिइन्छ ।

सखियामा कृष्णलीला गाइन्छ । तर अचेल कृष्णलीला गाउनेहरु नै कम भएको थारु समुदायका अगुवाहरु बताउँछन् । अहिले टुक्रा टुक्रामा विभिन्न खालका गीतहरु जोडेर पनि गाउने गरिन्छ ।

‘अहिलेको पुस्ताले पुरानो खालको सखिया गीत गाउन सक्दैनन्,’ बलबहादुर डगौंरा भन्छन्, ‘यसले आकर्षण पनि कम भयो, पुस्तान्तरण पनि कम भयो ।’ कान्तिपुरबाट

 

  • सखियाको रौनक
बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.