• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सखिया नृत्यमार्फत जनचेतना छर्दै थारू समुदायका किशोरकिशोरी

  •   बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित

कञ्चनपुर– थारू समुदायले दसैँका बेला आयोजना गर्ने सखिया नृत्यमा गाइने गीतमा जनचेतनाका शब्द पस्किन थालिएको छ । समाजमा हुने विकृति विसङगती विरुद्धका गीत समावेश गर्न थालिएका हुन् । परम्परागत सखिया नृत्यसँगै सुरिलो भाकामा सामूहिक रुपमा गाइने गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलिलासँगै कंश बध गरिएको प्रसङ्ग उल्लेख गरी लयबद्ध रुपमा गाइने गरिन्छ ।

परम्परागत गीतसँगै बालविवाह, चेलिबेटी बेचविखन, छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सन्देश दिने खालका गीत गाउन थालिएको छ । वर्षौँदेखि समाजमा जरो गाडेर बसेको विकृति विसङ्गतिविरुद्ध व्यङ्ग कस्दै जनचेतनामूलक गीतलाई समावेश गर्न थालिएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका मीना चौधरीले बताइन्। ‘छोरीलाई छोरासरह व्यवहार गर्नुपर्छ, विद्यालय पठाउनुपर्छ, उमेर नपुगी विवाह गर्न पाइदैन भन्ने सन्देशमूलक कुरा राखेर गीत बनाएका छौँं’ उनले भनिन्, ‘नेपाली र थारू भाषालाई मिश्रण गरी मनोरञ्जन दिने र चेतना छर्ने किसिमले गीत बनाएर गाउन थालेका छौँ ।’

दसैँको टीकापछि घर–घरमा पुगेर सखिया नृत्य देखाउनुपर्ने भएकाले सन्देशमूलक कुराहरूलाई सबैको मनमस्तीस्कमा पुर्‍याउन थालिएको सखिया नृत्यकै भावना चौधरीले बताइन्।

सखि अर्थात साथी, सहेली मिलेरसँगै नाच्ने, गाउने सामूहितकताको प्रदर्शन गर्ने सखिया नृत्यलाई समाज परिवर्तनका लागि मुख्य आधारका रुपमा लिएर जनचेतना छर्ने कार्यमा जुटेको उनको भनाइ छ । ‘गीत सुनेर गाउँका घरमूली सचेत भएका छन्’ उनले भनिन्, ‘गीतलाई आकर्शक ढङ्गले गाउने र नृत्यलाई पृथक ढङ्गले प्रस्तुत गर्ने भएकाले यसलाई रुचाउन थालिएको छ ।’

‘ आमा मा म छोरी हैन र मलाई पनि पठाइदेउन स्कुल । चुटु मुतु फुल बारीमा फूल छ बुकी फूला सुग्घर सुग्घर गोही हुक्रा दर्शन देह आइहो ए मोरे गोही माया मार्के जिन जैइहो कोह्रे ।’

गीतको अंश सुनाउँदै उनले भने, ‘गीतकाबीच विचमा सन्देशमूलक कुरालाई नेपालीमै आकर्शक ढङ्गले राखेर गाउन थालेपछि यी गीतको माग बढ्न थालेपछि गाउन थालेका हौँ ।’ सखिया नृत्यको गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदीको बैठक बसी आयोजना गरिन्छ । ‘समाजका प्रबुद्ध व्यक्तिको सहभागितामा कस्तो गीत गाउने, कसले मादल बजाउने र गायनमा अगुवाइ गर्ने भन्नु कुराको निक्र्यौल पहिलेनै गरिन्छ’ थारु अगुवा विश्राम चौधरीले भने, ‘त्यसै क्रममा गीतको चयन गरिन्छ, गीत चयन गरिँदा समाज परिवर्तन गर्ने खालका कुरा समावेश गर्न थालेका हौँ, तीन वर्ष अघिदेखि यस्ता गीत गायन गरिन थालेका छन् ।’

गीतको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुँदा अहिले अभिभाक उमेर पुगेर मात्रै छोरीको विवाह गर्ने, छोरीलाई पनि छोरा जस्तै विद्यालयमा पठाउन थालेको उनले उल्लेख गर। गुरुवा९झाँक्रि०ले तान्त्रिकविधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरी यस नाचको प्रारम्भ गर्दछन् ।

सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा कम्तीमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यकोबीच बिचमा गीतलाई फरक–फरक भाका हालेर गाउने गरिन्छ ।

मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको थारु अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए।

नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्न्यिा’ भन्ने गरिन्छ । मोह्न्यिाको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ ।नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरुले नृत्य पस्कने गर्दछन् । जसलाई थारु भाषामा खोट ९पैंया० भन्ने गरिएको छ । पैंया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरुले आफैं सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुने गरेको छ ।

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरूले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेस गर्नुपर्ने हुन्छ ।मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीहरूले रङ्गिविरङ्गी लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्यो लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले गीत गाउँदै बजाउने गर्दछन् ।

सखिया नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने सशक्त माध्यमका रुपमा रहेको छ ।

धार्मिक मान्यता अनुरूप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खान पुग्ने विश्वास थारू समुदायमा रहेको छ । यसलाई अर्को शब्दमा थारु समुदायले धर्ती जाग्ना भन्ने गर्दछन् ।

 

  • जनचेतना छर्दै थारू
बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.