दार्चुला- दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित शिबनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
महाकाली नदिको किनारमा आन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए । जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिला बस्ने जयराम टमटाको शव फेला परेको उनले बताए ।
मृत भेटिएका पुरुषको साथमा बाल्टीमा कपडा समेत भेट्टिएको छ । उनी महाकाली नदीमा सरसफाइ गर्न गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













