• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

तिहारमा कृत्रिम फूलमाला धनगढीमा विक्री र प्रयोग गर्न नपाइने

  •   बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

धनगढी– हरेक वर्ष कृत्रिम फूलमालाको व्यापार बढ्दै गएकोमा यसपाली प्लाष्टिकबाट बनेका फूलमालाको व्यापार धनगढीमा गर्न नपाइने भएको छ । तिहारमा भाइटीकाका लागि भारतबाट आयात गरेर कृत्रिम फूलमालाको करोडौंको व्यापार हुँदै आएको थियो ।

गत वर्षदेखि प्लाष्टिक उत्पादन, आयात, भण्डारण, बिक्री र प्रयोगमा बन्देज लगाएको धनगढी उपमहानगरपालिकाले यसपालीदेखि प्लाष्टिकका फूलसमेत प्रतिबन्ध लगाएको छ । तिहार लक्षित गरी उपमहानगरपालिका आफंैले फूलखेती गर्नुका साथै २६ जना किसानलाई तालिम दिएर फूल उत्पादन गराएको छ । केही किसानले धनगढीमा पहिलेदेखि नै फूलखेती गरिरहेका छन् ।

धनगढी उपमहानगरपालिकाका सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख अशोक अवस्थीले यसपाली तिहारमा पूर्णरुपमा प्लाष्टिकका फूल माला बिक्री र प्रयोग बन्द गरिने बताए । उनले प्लाष्टिकको फूललगायतका कुनै पनि प्लाष्टिकजन्य वस्तु आयात, भण्डारण, बिक्री र प्रयोग गरेको पाइएमा ‘धनगढी उपमहानगरपालिका प्लाष्टिकजन्य वस्तु प्रतिबन्ध ऐन २०७९’ अनुसार कारबाही गरिने बताए ।

उनले यसै आर्थिक वर्षमा प्लाष्टिकजन्य वस्तु बिक्री र प्रयोग गरेको भेटिएर जरिवानामार्फत एक लाख ७० हजार रुपैयाँ राजस्व असुली भएको बताए । उपमहानगरपालिकाले प्लाष्टिक बिक्री र प्रयोग गर्नेलाई जरिवाना गर्नुका साथै प्रयोग वा बिक्री भइरहेको प्लाष्टिक जफत गर्ने गरेको छ । अवस्थीका अनुसार धनगढी उपमहानगरपालिकाबाट बिक्री गरी अन्य पालिकामा पठाउनसमेत बन्देज लगाइएको छ ।

‘धनगढी उपमहानगरपालिकाभित्र प्लाष्टिकका कुनै किसिमको कारोबार गर्न पाइँदैन’ उनले भने, ‘कतिपय व्यापारीले धनगढीमा भण्डारण गरी धनगढी बाहिरका ग्राहक र पसललाई बिक्री गर्ने प्रस्ताव गर्नुभएको थियो । पालिकाले त्यस्तो गर्न नपाइने कुरा प्रस्टै भनेको छ । यसपालिकाले तिहारमा पहिलेको जस्तो गरी प्लाष्टिकको फूलमाला बिक्री गर्न पनि पाइँदैन । त्यस्तो गरेको पाइएमा नगर प्रहरी खटाएर जफत गरी जरिवाना तिराउँछौं ।’

आर्थिक वर्ष २०७६र०७७ को साउनदेखि कात्तिकसम्म ६४ हजार ४२० रुपैयाँको १०७ क्वीन्टल प्लाष्टिक फूल आएकोमा आर्थिक वर्ष २०७७र०७८ मा १४ गुणा बढी भारतबाट आयात भएको थियो । सो वर्ष तिहारसम्म छ लाख ६२ हजार १८३ रुपैयाँको एक हजार ५७५ क्वीन्टल कृत्रिम माला भित्रिएको थियो । त्यसपछि नेपालमा ४० माइक्रो एमएम भन्दा कमको प्लाष्टिक आयात बन्देज लागेको छ ।

‘उद्योगहरुले प्रयोग गर्ने र्‍यापरको रोल, प्लाष्टिक फर्निचर र भाँडालगायत सामानबाहेक प्लाष्टिक व्यागलगायत ४० माइक्रो एमएम भन्दा कमका प्लाष्टिक आयात वातावरणीय सुरक्षाका लागि प्रतिबन्धित छ’ कैलाली जिल्ला भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले भने, ‘प्लाष्टिकको फूल पनि ल्याउन बन्देज छ ।’

प्लाष्टिकका फूल आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको भएपनि बजारमा भने चोरी पैठारी गरी त्यस्ता सामग्री बिक्री भइरहेकै छन् । धनगढीको सरसफाई शाखा प्रमुख अवस्थीले अनुगमनको क्रममा कतिपय प्लाष्टिकका फूलको व्यापार गरिरहेको भेटिएर जफत गरी जरिवाना गरिएको बताए ।

तिहारमा भारतबाट प्लाष्टिकको फूलमालासँगै दियो, बत्ति, मैनबत्ती, झिलमिले बत्तिलगायतका सामानको आयात बढ्ने गरेको छ । धेरैजसो स्थानीयले आफ्नो घरबारीमा सयपत्री, मखमलीलगायतका फूल रोप्ने गरेको भएपनि पर्याप्त उत्पादन नहुँदा धनगढीसहितका शहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ । धनगढीमा पछिल्ला केही वर्षयता फूल खेती ९फ्लोरीकल्चर० हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन । कारोबारबाट

  • कृत्रिम फूलमाला
बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

समाचार

सबै

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कस्तो रहला आजको मौसम ?

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.