धनगढी । कैलालीमा प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
सोमबार धनगढी उपमहानगरपालिका-१ खानेपानी कार्यालय नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४०० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय संजय नेपालीसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।
शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
















