• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

विपिन जोशी हमासको नियन्त्रणमा

  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित

काठमाडौँ- इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।

‘हमासको बन्धकमा एक नेपाली रहेको हामी स्पष्ट पार्दै छौं,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता इलोन लेवीले भने । तर, जोशी गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।

प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७र७ जना नागरिकलाई बन्धक बनाएको छ ।

हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३र३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २/२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन् । थप एक सय १८ जना इजरायली नागरिकलाई पनि हमासले बन्धक बनाएको कार्यालयले जनाएको छ ।

बन्धकमध्ये ५ जनालाई हमासले मुक्त गरेको छ । गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले छाडिदिएको थियो । २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका हुन् । प्रवक्ता लेवीले बन्धक बनाइकालाई निःसर्त रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षा गरिएको बताए ।

‘अहिलेको गाजापट्टीमा भइरहेको सेनाको स्थलगत अपरेसनको एउटा उद्देश्य बन्धकलाई मुक्त गर्नु हो,’ लेवीले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायको पनि भूमिका खोजिरहेका छौं ।’ हमासले इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई छोड्नुपर्ने सर्त अगाडि सारेको छ ।

जोशीलाई मुक्त गराउन सरकारले कतारको सहयोग लिनुपर्ने कतारका लागि एक पूर्वराजदूत बताउँछन् । ‘हमाससँग कतारको नजिकको सम्बन्ध भएको सबैसामु छर्लङ्गै छ । यस्तो कठिन अवस्थामा नेपालका परराष्ट्रमन्त्री यो विषयमा पहल गर्न कतार जानुपर्छ,’ उनले भने, ‘यस्तो संवेदनशील विषयमा चिठीपत्रले मात्रै काम गर्दैन ।’

नेपालसँग बलियो श्रम कूटनीति रहेको कतारका अमिरको नेपाल भ्रमण भने इजरायल–हमास युद्धले मध्यपूर्वमा देखिएको बढ्दो तनावले अन्तिम समयमा आएर रद्द भएको छ । बीबीसीले पनि बन्धकहरूको भाग्य ‘केही हदसम्म कतारको हातमा’ रहेको उल्लेख गरेको छ । कतारले इजरायल र हमासबीचको मुख्य मध्यस्थकर्ताका रूपमा अद्वितीय भूमिका निर्वाह गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री ऋषि सुनकले चार बन्धकलाई रिहा गरेकामा कतार र कतारी अमिरलाई धन्यवाद दिएका थिए । कतारले आगामी दिनमा दर्जनौं बन्धकलाई रिहा गर्न वार्ता हुन सक्ने जनाएको थियो । तर, गत शुक्रबार रातिदेखि गाजा क्षेत्रमा इजरायलको प्रवेशले अवस्था थप कठिन बनेको छ । कान्तिपुरबाट

 

  • जोशी हमास
बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप
मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

समाचार

सबै

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कस्तो रहला आजको मौसम ?

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.