काठमाडौं- जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि लगातार धक्का गइरहेको छ । शनिबार बेलुका ६ बजेसम्म २११ धक्का गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार शुक्रबार रातियता धक्का गएको हो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि थुप्रै परकम्प मापन गरिएको छ ।
















