धनगढी- सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्न उद्देश्यले स्थानीय पालीका प्रमुख र प्रदेश सरकारलाई ध्यानाकर्षण गराइएको छ। कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिसापानीमा रहेको नवल सिंह रावल फाउन्डेसनद्वारा बलदेव शाह (वाकावीर) लाई नेपालको प्रथम शहीद घोषणा गर्न सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र विकास गर्न स्थानीय पालीका प्रमुखलाई ध्यानाकर्षण गराइएको हो।
बलदेव शाह (वाकावीर) लाई नेपालको प्रथम शहीद घोषणा गर्न राज्यलाई दबाब दिन सुदूरपश्चिमका सबै सरकारी कार्यलयहरुमा अनिवार्य रूपमा बलदेव शाहको फोटो फ्रेम राख्ने अभियान सुरु भए सङै सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी लगायत केही स्थानीय तहका प्रमुखलाई फोटो हस्तान्तरण गरिएको छ ।
रावलले सुदूर पश्चिमको ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रवर्द्धन तथा संवर्द्धन गर्न कर्णाली चिसापानीमा २० फिट अग्लो चारै तिर मुखाकृति भएको गौतम बुद्धको मूर्ति छिट्टै निमार्ण गरिने नवल सिंह रावल फाउन्डेसनका अध्यक्ष तपेन्द्र रावलको बताए ।
नवल सिंह रावल फाउन्डेसनले २०७७ साल देखि सुदूरपश्चिमको पर्यटनका पहिचानका मुद्दामा स्वदेश तथा विदेशमा विभिन्न दबाब मूलक अभियान समेत सुरु गरिरहेको छ।
सुदूर पश्चिम घुम्न आउने विदेशी पाहुनालाई लगिने चौ गुणा भाडा हटाई समानता ल्याउनु पर्छ भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत लडिरहेका छन। रावलले सुदूर पश्चिमका पर्यटनका साझा मुद्दामा सरोकार वाला बाट सहयोगको अपेक्षा समेत गरेका छन।
















