• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

इजरायलमा विपिन बेपत्ताको एक महिना अवस्था : अझै अज्ञात, सकुशल रहेको विश्वास

  •   मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित

काठमाडौँ- हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको र कञ्चनपुरका विपिन जोशी बेपत्ता भएको एक महिना भएको छ । तर, जोशीको अवस्था अझै अज्ञात छ । उनको खोजीमा सरकारले कूटनीतिक प्रयास गरे पनि सफलता मिलेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायलमा रहेकै वेला ७ अक्टोबरमा आक्रमणको सिकार भएका थिए । हमासको हमालमा ज्यान गुमाएका १० विद्यार्थीको शव स्वदेश ल्याएर अन्तिम संस्कार भइसकेको छ ।

हमास समूह २० असोजमा इजरायल प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा १० विद्यार्थीको निधन भएको थियो भने चारजना घाइते भएका थिए । स्वदेश फर्केका विद्यार्थीले जोशीलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिएर गएको प्रतिक्रिया दिएका छन् । तर, उनको अपहरणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएका छैनन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल भन्छिन् ‘इजरायलमा शवहरूको डिएनए परीक्षण हुँदा उनीसँग मेल नखाएको हुनाले विपिन जोशी जीवितै छन् भन्ने आकलनका आधारमा खोजीका लागि हरसम्भव प्रयास गरिरहेका छौँ ।’

उनका साथीहरूको बयानका आधारमा सरकारले जोशी हमासको नियन्त्रणमा हुन सक्ने आकलनसहित मध्यपूर्वी मुलुकहरूमार्फत उनको मुक्तिका लागि कूटनीतिक प्रयास थालेको छ । मृतकका सबै शवको डिएनए परीक्षण हुँदा विपिनको नभेटिनुले उनी जीवितै रहेको इजरायलस्थित नेपाली दूतावासको विश्वास छ ।

‘बेपत्ता अवस्थामा रहेका विपिन जोशीको खोजीका लागि हरसम्भव प्रयास गरेका छौँ । अहिलेसम्म यकिन हुन सकेको छैन,’ इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले टेलिफोनमा भनिन्, ‘मृतकका सबै शवको डिएनए परीक्षण हुँदा विपिन जोशीको नभेटिनुले उनी जीवितै छन् भन्नेमा हामी छौँ । तर, उनलाई हमास समूहले अपहरण नै गरेको भनेर आधिकारिक रूपमा पुष्टि नै गर्ने अवस्था छैन ।’

इजरायलका राष्ट्रपतिसँग शिष्टाचार भेटमा जोशीको खोजीका लागि सहयोग गर्न अनुरोध गरेको पनि राजदूत रिजालले बताइन् । नेपाल भमणका वेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र परराष्ट्रमन्त्री एनपी साउदसँग गत साता अमेरिकामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले जोशीको अज्ञात अवस्थाबारे चिन्ता जनाएका थिए । उनीहरूले जोशीको सकुशल मुक्तिका लागि आह्वान गरेका थिए ।

इजरायलले जोशी हमासको अपहरणमा परेको भन्ने परराष्ट्र मन्त्रालयलाई चिठी लेखेको विषय यही साता सार्वजनिक भएको थियो । तर, यसबारे नेपाली दूतावास जानकार नरहेको उनले बताइन् । ‘मैले पनि पत्रपत्रिकामा पढेको हुँ । आधिकारिक रूपमा हामीलाई थाहा छैन,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री साउदले यसअघि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन गरेर जोशीको मुक्तिका लागि प्रयास गरिदिन अनुरोध गरेका थिए । मध्यपूर्वको इरान, इजिप्ट, साउदी अरेबिया, कतारसँग हमास समूहको राम्रो सम्बन्ध छ ।

सरकारले मध्यपूर्वका यीलगायतका मुलुकसँग नेपाली विद्यार्थीको खोजीका लागि प्रयास गरेको छ । सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) लगायतका संघसंस्थासँग पनि जोशीको खोजबिन गरिदिन अनुरोध गरिसकेको छ ।

 

  • विपिन बेपत्ता
मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

समाचार

सबै

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.