• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

कमलबजार नगरले कर्मचारी हटाउँदा काम अस्तव्यस्त

  •   शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित

अछाम- डेढ वर्षदेखि विवादित बन्दै आएको अछामको कमलबजार नगरपालिकाको विवाद चर्किंदै गएको छ । चालु आर्थिक वर्षमा नगरसभा हुन सकेको छैन भने बजेट पनि आएको छैन ।

८२ जना करार कर्मचारीलाई नगरप्रमुख यज्ञप्रसाद ढकालले म्याद थपेर काम गर्न लगाउने र उपप्रमुख शारदा कुवँर विष्टले राख्नै नहुने अडान राखेपछि नगरपालिका अस्तव्यस्त हुँदै आएको हो ।

लामो समयसम्म क्रियाशील राजनीतिक दलले नै जनप्रतिनिधिको भूमिका ठीक नभएको भन्दै नगरमा तालाबन्दी गरेका थिए । पछिल्लो समयमा देखिएका समस्या तत्काल समाधान गर्ने सहमतिपछि ताला खोलिएको थियो ।

तर, नगरमा कार्यालयको कामसमेत हुन सकेको छैन भने कर्मचारीले साउनदेखि अहिलेसम्मको तलब पाएका छैनन् । करारका कर्मचारीलाई नै वडासचिवको जिम्मेवारी दिइएको कमलबजारका धेरै वडामा अहिले काम प्रभावित भएको छ ।

नगरप्रमुख ढकाल कांग्र्रेसबाट र उपप्रमुख कुँवर एमालेबाट निर्वाचित हुन् । एमालेको बहुमत रहेको कमलबजार नगरपालिकाको कार्यपालिका बैठकले सबै प्रकारका करारका कर्मचारी हटाउने निर्णय गरेपछि नगरपालिका कार्यालयमा ११ जना स्थायी कर्मचारी मात्रै छन् ।

कानुनविपरीत काम गर्न दबाब आएको, प्रमुख–उपप्रमुखको विवादमा आफूलाई अनावश्यक तरिकाले मुछेको भन्दै निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारीमा रहेका खड्क विष्टले जिम्मेवारीमा रहन नसक्ने भन्दै मंगलबार नै प्रमुख र उपप्रमुखलाई लिखित जानकारी

गराइसकेका छन् । ‘नगरमा विभिन्न बाधा–अवरोध आएको १८ महिना जति भयो । कानुनले गर्नै नदिने कुरा मैले पनि गर्न मिल्दैन,’ विष्टले भने, ‘जनप्रतिनिधिलाई पनि मेरै कारणले काम गर्न नसकेको महसुस भएको देखियो । म समस्या भएर बस्नुभन्दा नगरको हितको लागि मार्गप्रशस्त गरिदिएको हुँ ।’

स्रोतका अनुसार अघिल्लो कार्यकालमा नियुक्त कर्मचारीको म्याद थप्ने भए अहिले उपप्रमुख कुँवरले १३ जना आफ्ना कर्मचारीलाई सिधै नियुक्त गर्नुपर्ने अडान राखेकी थिइन् । उपप्रमुखको तर्फबाट आएका १३ जनालाई नियुक्त गर्नुपर्ने विषयमा नगर प्रमुख ढकाल पनि सहमत भएका थिए ।

तर, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले विज्ञापनको प्रक्रियामा जानुपर्ने र सिधै नियुक्त गर्न नमिल्ने अडान राखेपछि विष्ट र उपमेयर कुवँरबीच भनाभन पनि भएको थियो ।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले राखेका कर्मचारीसँगै संघ सरकारको सशक्त र लागत साझेदारीअन्तर्गत भर्ना भएका कर्मचारीलाई पनि हटाएका छन् । संघ सरकारको कार्यविधिबाट सबै प्रक्रिया पूरा गरेर आएका र तलबभत्ता पनि संघ सरकारबाट पाउँदै आएका ११ कर्मचारीलाई पनि हटाइएको पशु सेवा शाखा प्रमुखको जिम्मेवारीबाट हटाइएका देवेन्द्र शाहले बताए ।

लामो समयसम्म करारका कर्मचारीको विषयलाई कार्यालयको काममा अवरोध भएपछि कार्यपालिका बैठकमा बहुमतले गरेको निर्णयलाई मान्न बाध्य भएको नगरप्रमुख ढकालले बताए ।

‘मेरै अध्यक्षतामा बसेको कार्यपालिका बैठकले करारका ८२ जना कर्मचारी हटाउने निर्णय गरेको हो,’ नगर प्रमुख ढकालले भने, ‘नयाँ कार्यालय प्रमुखका लागि मन्त्रालयमा पनि कुरा भइरहेको छ । तर, अहिलेसम्म बाँकी निर्णय केही हुन सकेको छैन ।’ कान्तिपुरबाट

 

  • काम अस्तव्यस्त
शुक्रबार, कार्तिक २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.