• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

खीर पाइने ठाउँले परिचित साहुखर्क

  •   शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित

डडेल्धुरा– सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा पर्ने साहुखर्क खीर पाइने ठाउँले प्रख्यात छ । र यो राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीलाई पनि साहुखर्कमा बनेको स्वादिष्ट खीर खाएरै जाने इच्छा हुन्छ ।

डडेल्धुराको साहुखर्क क्षेत्रका होटलहरुको मुख्य परिकार भनेको नै खीर हो । यहाँ आउने जो कोहीले पनि साहुखर्कमा खीरको स्वाद चाखेको हुन्छ । मिसावट नभएको दूधले पकाएको खीर निकै स्वादिलो हुने एक जना यात्रु कृष्ण दवाडीले बताए । उनले भने‘ साहुखर्क खीरका लागि प्रख्यात छ। स्वाद पनि मीठो, स्थानीय चामल र शुद्ध दूधबाट बनेको खीर बाटो पर्दा खाएरै जाने गर्दछु ।’

स्वाद अनुसार चिनी, नरिवल, बदाम, ल्वाङ, सुकमेल र दालचिनीको धुलो हालेर बनेको स्वादिष्ट खीर तयार हुन्छ । खीर र चिया साहुखर्कको चिनारी जस्तै बनेको अर्का यात्रु बिहानी शर्माको भनाइ छ ।

शुद्ध दूधबाट बनेको खीर ग्राहकको रोजाइ
साहुखर्कको खीर स्थानीय ठाउँमै उत्पादित चामल र शुद्ध दूधबाट बन्ने भएकाले धेरै जनाको रोजाइमा पर्ने गरेको छ । साहुखर्कका खीर पसलका पुराना ग्राहक पनि छन् ।

पहाडबाट तराई झर्दा होस् वा तराईबाट पहाड उक्लिँदा, यही राजमार्ग भएर हिँड्ने सवारी साधनको प्राय रोक्ने स्थान पनि साहुखर्क हो । यहाँ गाडी रोकेर यात्रुहरू खीरको स्वाद लिन्छन् अनि मात्र आफ्नो गन्तव्यतर्फ लाग्छन् । राजमार्ग भएर ओहोर दोहोर गर्दा सधै चिया र खीर खाएरै जाने गरेको चालक जनक सिंहले भने ।

बाजेको खीर पसल अझ प्रख्यात
साहुखर्कमा एक दर्जन जति खीर पसल छन् । तर साहुखर्कमा रहेको ‘बाजेको खीर पसल’ अरु भन्दा प्रख्यात छ । डडेल्धुराको रुवाखोलाका पसलका सञ्चालक शेरबहादुर देउवा ९बाजे० ले २०२४ सालदेखि महाभारत पर्वत क्षेत्रको साहुखर्कमा खर्क (लेकमा भैंसी पाल्न बनाएको ठाउँ) बनाएर भैँसी पालन गर्दै आए । उनले भैँसी पाल्दै आएको स्थान हुँदै २०३२ सालमा सडक आयो । र उनले भैँसीको दूधको खीर पकाएर बेच्न लागे ।

सडक खनिए पश्चात् गाडी चल्न थाले । त्यति बेलाप्रति प्लेट खीरको मूल्य पाँच रुपैयाँ थियो । अहिले प्रतिप्लेट खीरको मूल्य ८० रुपैयाँ छ । तर पसलका सञ्चालक शेरबहादुर देउवा ९बाजे० को गत जेठमा ७५ वर्षको उमेरका निधन भएपछि अहिले उक्त पसल उनकै छोरा कर्णबहादुर देउवाले सञ्चालन गरिरहेका छन् । खीर बाजेले बनाएको खीरको स्वाद अहिले कर्ण बहादुरले दिइरहेका छन् ।

खीर ब्यवसायबाटै लाखौँ कमाइ
खीर ब्यवसायबाटै सिजनमा मासिक दुई लाखसम्म कमाउँदै आएका कर्णबहादुर देउवाले आफ्नै घरमा १५ ओटा गड्डी भैँसी पनि पालेका छन् । नजिकैको गाउँबाट थप गरेर दैनिक दुई सय लिटरसम्म उनको पसलमा दूध संकलन हुन्छ । संकलित दूधबाट खीर बनाइन्छ । देउवाले भने ‘कमाई ठीकै हुन्छ, यात्रु बढी चलेपछि कमाई पनि बढ्दै जाने हो । खीर ब्यवसायबाटै घर खर्च र बालबच्चाको पढाइ खर्च धानिएको छ ।’

खीरले प्रख्यात बनेको साहुखर्क
शुद्ध र पोषिलो परिकारका रूपमा रहेको खीर सुदूरपश्चिममा प्रख्यात छ । साहुखर्कमा रहेका दर्जनौँ खीर पसलमा ग्राहकको भीड लागेको देखिन्छ । खीरलाई साहुखर्कले अझ प्रख्यात बनाइदिएको छ । साहुखर्कमै खीर पसल गर्दै आएका अर्का ब्यापारी नारायण देउवाले पनि खीर बेच्न थालेको वर्षौँ भयो ।

रुवाखोलाका खेतमा धान रोपाइँ गरेर स्थानिय धानको चामलले खीर पकाएर बेच्ने गरेको उनले बताए । गाउँबाट आएको भैसीको शुद्ध दुधलाई करिब एक घण्टा सम्म उमालेर स्थानिय ठाँउमै उत्पादित धानको चामललाई दूधमा पकाएर खीर तयार हुन्छ । अझ खीर लाई स्वादिष्ट बनाउन आवस्यकता अनुसार काजु, किसमिस, बदाम, नरिवल, चिनीलगायत मिसावट गरिन्छ ।

भिमदत्त राजमार्ग भएर तराई–पहाड आवतजावत गर्नेहरू साहुखर्कमा खीर र चियाको स्वाद लिने गरेका छन । प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहुखर्क क्षेत्रलाई कतिपयले खीर पाइने ठाउँ भनेर चिन्ने गरेका छन् । हाम्रा कुराबाट

  • साहुखर्क
शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
कस्तो रहला आजको मौसम ?
कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

समाचार

सबै

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.