धनगढी- कैलालीको धनगढीसँग सिमाना जोडिएको भारतीय बजार वन गाउँमा नेपाली ग्राहकमाथि कुटपिट भएको छ । आइतबार तिहारका लागी सामान किनमेल गर्न वन गाउँ गएका तिन जना नेपालीमाथि कुटपिट भएको नेपालीहरूले बताएका छन् । कुटपिटबाट २३ बर्षिय झलक कुँवर घाइते भएका छन्।
यस्तै कुटपिटमा परेका अन्य दुई जना नेपालीले आफ्नो नाम खुलाउन चाहेनन् । कुटपिटबाट घाइते भएका कुवँरले कपडा किन्न कपडा पसलमा पुगेको र व्यापारीले टाउकोमा हानेको बताए । आफूले लुगा किन्दा नेपाल भन्दा महँगो भएको भनेपछि आफूलाई आक्रमण गरेको उनले बताए। त्यहाँ पसलका व्यापारीहरू मिलेर आफूलाई कुटपिट गरेको उनको भनाई छ।
बनगाउ बजारमा न्यु बलाजी किराना स्टोर र गोल्डी कल्थ कलेक्सनका सञ्चालकले दुई नेपाली ग्राहकहरूलाई कुटेको प्रत्यक्षदर्शीले बताएका छन्। भारतीय बजार वन गाउँमा सस्तो समान भनेर बढी पैसा लगेको समान किनमेल गर्न गएकी नेपाली ग्राहक मनसरा धामीले बताइन। दैनिक जसो किनमेल गर्न आएका नेपाली ग्राहक कुटपिटका घटना हुने गरेको भारतको वनगाउ बजारमा चाउमिन व्यापार गर्दै आएका एक व्यवसायीले जानकारी दिए।
चाडपर्वका समयमा अन्य समय भन्दा धेरै जसो नेपालीहरू किनमेल सीमावर्ती बजार वन गाउँ जाने गरेका छन । भारतीय बजार वन गाउँमा किनमेल गर्न गएका नेपालीहरू व्यापारीबाट कुटपिट हुने गरेका छन्। वन गाउँमा किनमेल गर्न पुगेकी धनगढी ४ की तुलसी ओझाले दैनिक उपभोग्य वस्तु किन्न आफूहरू भारतीय बजार पुग्ने गरेको भए पनि यहाँका व्यापारीहरूले समान किन्दा तुच्छ व्यवहार गरेको बताईन् ।
यता सो घटनाका विषयमा बुझदा जिल्ला प्रहरी कार्यालय कैलालीले सञ्चार माध्यमबाट जानकारी पाएपनी लिखित आधिकारिक जानकारी नआएको बताएको छ । घटनाको छानबिन गर्नुहुन्छ की भन्ने प्रश्नमा उनले भारतीय ठाउँमा भएको घटनाको छानबिन हामीले गर्न नमिल्ने बताए।
















