बैतडी – बैतडीको एक घरमा आगलागी भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–७ बाइमका जनकराज जोशीको घरमा शुक्रबार बिहान आगलागी हुँदा ५० हजार बराबरको क्षति भएको स्थानीय प्रदीपकुमार जोशीले बताए ।
सानो बच्चाले सलाई समातेर खेलीरहेको र सलाईको काँटी कोरेर खाटमुनि फालेपछि आगलागी भएको हो । आगलागीबाट जोशीको कोठमा रहेको फ्रिज, दुई खाट,कफडा लगायत जलेर नष्ट भएका छन् । आगलागी हुनेबित्तिकै थाहा पाएका कारण थप क्षति हुन नपाएको जोशीले बताए । स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।













