धनगढी- सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आगलागीको निरीक्षण गरेका छन्। धनगढीको सारथि अस्पतालसहित अन्य पसलमा भएको आगलागी क्षतिको पीडितबाट मन्त्री देउवाले जानकारी लिएका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्री देउवाले सारथि अस्पताल, गरिमा पोलिक्लिनिक, सुदिक्षा इन्टरप्राइजेज, भट्ट सप्लायर्स, भण्डारी सु–सेन्टर, भण्डारी जनरल स्टोर, मधुमाला कलेक्सन, सुदिक्षा बेबीसप र खाद्य तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा भएको क्षतिको अवलोकन गरेका हुन्।
अवलोकनका क्रममा पीडित व्यवसायीहरूसँग कुराकानी गर्दै अस्पताल जस्तो ठाउँमा भएको क्षतिमा आर्थिक सहयोग गर्न मन्त्रिपरिषद्मा छलफल गर्ने मन्त्री देउवाले बताएका छन्। शुक्रबार राति १ बजे विद्युत सर्ट हुँदा भएको आगलागीमा करिब १८ करोडको क्षति भएको प्रहरीले जनाएको छ।
















