• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

प्रदेशस्तरीय गौरवका आयोजना अलपत्र

  •   आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित

बैतडी- सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा समेटेको बैतडीको सतबाँझ–श्रीभावर हुँदै पुर्चौडी जोड्ने ६२ किलोमिटर सडकखण्ड र मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ । सडक र मोटरेबल पुलको निर्माण कार्य अलपत्र पर्दा यहाँका स्थानीयले अनावश्यक सास्ती भोग्दै आएका छन् । ऐतिहासिक त्रिवेणीधाम, डिलासैनी मन्दिर र राताशिला क्षेत्र ओझेलमा परेका छन् ।

पुर्चौडी नगरपालिकामा प्रदेश गौरवका आयोजनासँगै स्थानीय सरकाले निर्माण सुरु गरेको १५ शय्याको अस्पताल र बृहत् खानेपानी योजनासमेत अलपत्र पर्दा करिब ४० हजार बासिन्दा सडक यातायात, स्वास्थ्य र खानेपानीबाट वञ्चित भएका छन् । पुर्चौडीको विकासका लागि सडकतर्फ ६९ करोड र मोटरेबल पुलका लागि चार करोड ७० लाख रुपियाँ बजेट भए पनि ठेकेदार र पूर्वाधार विकास कार्यालयको लापरबाहीका कारण विकासे योजना अलपत्र परेको गुनासो स्थानीयवासीको छ ।

पुर्चौडी नगरपालिका–१, खडीखेतस्थित जमाडी नदीमा पुल निर्माण गर्न सङ्घीय सरकारले २०७६ सालमा करिब पाँच करोड बजेट पठाए पनि चार वर्षदेखि पुल निर्माणको काम अलपत्र छ । अलपत्र छाडिएको पुलको पिल्लरमा प्रयोग भएका छडमा खिया लागेको छ ।

आर्थिक वर्ष २०७६र७७ मा जगदम्बा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको उक्त पुलको जग खडा गरेर अलपत्र छाडिएको छ । सङ्घीय ससर्त अनुदान अन्तर्गत पुल निर्माण गर्न चार करोड ७० लाख रुपियाँको लागतमा पूर्वाधार विकास कार्यालयले हेर्ने जिम्मेवारी पाएको थियो ।

प्राविधिक र ठेकेदारको लापरबाहीले राज्यको करोडौँ रकम जमाडी नदीमा बगेको स्थानीय लोकेश साउदले बताए । सडक स्तरोन्नतिका लागि ६९ करोड रुपियाँ र पुल निर्माणका लागि चार करोड ७० लाख रुपियाँ वजेट सदुयोग हुन सकेको छैन ।

उक्त आयोजनाको साइट हेर्ने जिम्मेवारी पाएका पूर्वाधार विकास कार्यालयका प्राविधिक नरेश भुलले सडक र पुलको काम छिट्टै अघि बढ्ने दाबी गरे । विविध कारणले ढिलासुस्ती भए पनि केही दिनमै मोटरेबल पुलको बेसलाइन सर्भे हुने जानकारी उनले दिए ।

प्रदेश गौरवको आयोजनामा समेटिएको सडक र पुल पुर्चौडी नगरपालिकाको लाइफलाइन हो । प्रदेशस्तरीय गौरवको आयोजना सडकले प्रदेश राजधानी र जिल्ला सदरमुकाम जोड्ने छ । छ वर्षअघि नै निर्माण सुरु भएको सडक र पुल अलपत्र पर्दा स्थानीय खिन्न भएका छन् । बाढीपहिरो वा प्राकृतिक विपत्का बेला कच्ची सडकसमेत ठप्प हुने गरेको छ । बर्सातका बेला नदीको जलसतह बढ्दा आकस्मिक रूपमा चल्ने एम्बुलेन्स र सवारीसाधन ठप्प हुने गरेका छन् ।

लामो समयदेखि सडक र पुल निर्माणको माग उठे पनि पूर्वाधार विकास कार्यालय र ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अलपत्र परेको पुर्चौडीका स्थानीय हरिश साउदले गुनासो गरे । कार्यस्थलमा गौरवका आयोजनाको होर्डिङ बोर्डसमेत नहुँदा स्थानीयवासी अन्योलमा परेको उनले गुनासो गरे ।

सार्वजनिक सुनुवाइ नै गरिँदैन

राज्यको करोडौँ रकममा निर्माण भइरहेका विकासे आयोजना वर्षौंदेखि अलपत्र भए पनि जिम्मेवार निकायले सार्वजनिक सुनुवाइ गर्न आनाकानी गर्दै आएका छन् । पाटन–पञ्चेश्वर सडकखण्डको कामसमेत गुणस्तरीय नभएको पाइएको छ ।

सडक पूर्वाधार, अस्पताल र शिक्षाका भवन निर्माणमा ढिलासुस्तीसँगै कमसल सामग्रीको प्रयोग हुने गरेको सामाजिक अगुवा महेशदत्त भट्टले बताए । पुर्चौडी नगरपालिकामा प्रदेशस्तरीय गौरव आयोजनाको सडक र पुल निर्माण गर्न न बजेट अभाव छ न त प्राविधिक जनशक्ति तैपनि वर्षौंदेखि विकासको काम अलपत्र पर्दासमेत सरोकारवाला निकाय मौन बसेको स्थानीयको अरोप छ । गोरखापत्रबाट

  • आयोजना अलपत्र
आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ
कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.