धनगढी- कैलालीको धनगढीमा करियर इन्टरनेश्नल कन्सल्टेन्सी प्रा.ली सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ नैनादेवीरोड पुरानो एयरपोर्ट नजिक करियर इन्टरनेश्नल कन्सल्टेन्सी प्रा.ली सञ्चालनमा आएको हो । जापानमा लामो समय काम गरेर फर्किएका दुई जना युवाहरूले कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् ।
जापानमा ८ वर्ष अध्ययन र कामको अनुभव लिएर नेपाल फर्किएका गोविन्द कुँवर र दुई वर्ष जापानमै बसेर फर्किएका रमेश ठगुन्नाले सो कन्सल्टेन्सी सञ्चालनमा ल्याएका हुन् । सोमबार एक कार्यक्रमका बिच पूर्व मन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घ सोडारीले कन्सल्टेन्सीको उद्घाटन गरेका हुन् ।
प्रदेशसभा सदस्य सोडारीले व्यावसायिक सफलताको शुभकामना दिँदै सुलभ अनि सुरक्षित कन्सल्टेन्सीका रूपमा विकास गर्न सुझाव दिए । कन्सल्टेन्सीका प्रबन्धक निर्देशक रमेश ठगुन्नाले १० लाखको लागतमा कन्सल्टेन्सी सञ्चालनमा ल्याएको बताए ।
अहिले पनि कोरिया जापान जानकै लागी काठमाडौँ धाइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न कन्सल्टेन्सी सञ्चालनमा ल्याएको उनले बताए । यस कन्सल्टेन्सीले विद्यार्थी भिसा र कामदार भिसामा जानेका लागी भाषा सिकाउनुका साथै भिसा लगाउने प्रक्रिया धनगढीबाटै गरिने उनले बताए ।
लामो अनुभव भएका प्रशिक्षकहरूबाट भाषा कक्षा सञ्चालन हुने भएकाले ढुक्क भएर करियरमा आउन उनले आग्रह गरे । विद्यार्थीका लागी भिसा लागेपछि मात्रै आवश्यक रकम लिने प्रबन्धक निर्देशक ठगुन्नाले बताए । उनले सुदूरपश्चिममै पहिलो इन्टरनेश्नल कन्सल्टेन्सी रहेको दाबी गरे ।













