रुकुम- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका भूकम्पपीडितलाई पाँच सय थान सिरक हस्तान्तरण गरेकी छन् ।
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई सहयोग हस्तान्तरण गरेकी हुन्।
चिसोका कारण भूकम्पपीडितलाई समस्या परिरहेकाले थोरै भए पनि सहयोग होस् भनेर न्यायो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिइन्।
भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रहेकी मन्त्री शर्माले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेकी थिइन्। आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सन्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए।













