कञ्चनपुर- कञ्चनपुरमा रोकिराखेको एक स्कारपिओमा एक्कासि आगलागी भएको छ। जिल्लाको बेलौरी नगरपालिका–८ टिसिएनमा रोकिराखेको सुदुरपश्चिम प्रदेश ०१००१ च ३५८२ नम्बरको भुपेन्द्र ठगुन्नाले चलाएको स्कारपिओमा आगलागी भएको हो।
आगलागीबाट स्कारपिओ भित्र रहेका २ थान आइफोन तथा नगद दुई लाख ५० हजार जलि नष्ट भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।













