• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

‘थारु गाउँ’ मा दर्शकको भीड

  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित

धनगढी- कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा ‘थारु गाउँ’ प्रदर्शनी स्थल पनि राखिएको छ । थारु गाउँ प्रदर्शनी स्थल भित्र थारु संस्कृति झल्किने थारु सांस्कृतिक संग्रहालय पनि राखिएको छ । जहाँ थारु संस्कृतिसँग सम्बन्धित विभिन्न सामग्री राखिएका छन् ।

‘थारु गाउँ’ प्रदर्शनी अवलोकनका लागि दर्शकको बाक्लो भीड हुने गरेको छ । थारु कला, संस्कृति संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको ’थारु गाउँ’ प्रदर्शनी स्थलमा दर्शकको आकर्षण बढेको छ । थारु गाउँ प्रदर्शनीमा राखिएको थारु सांस्कृतिक संग्रहालयको अवलोकन गर्न तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्ने दर्शकले प्रदर्शनी स्थल भरिभराउ हुने गरेको छ ।

No description available.

थारु संस्कृति संरक्षण,प्रवर्द्धनका साथै पछिल्लो समयमा लोप हुँदै गएको थारु संस्कृतिको बारेमा पछिल्लो पुस्तालाई जानकारी गराउने उद्देश्यले ‘थारु गाउँ’ प्रदर्शनी राखिएको प्रदर्शनी व्यवस्थापन संयोजक हेमन्त चौधरीले बताए ।

उनले भने ‘हाम्रो थारु संस्कृति पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ,नयाँ पुस्तालाई हाम्रो रहन सहन,संस्कृति,खानपानको बारेमा जानकारी होस् र अन्य जातिका मान्छेले पनि हाम्रो पुरानो संस्कृतिको बारेमा थाहा पाउन् भन्ने मनसायले थारु गाउँ प्रदर्शनी राखेका हौँ’ ।

थारु गाउँ प्रदर्शनी स्थलमा पसेपछि साँच्चिकै थारु गाउँमा पसेको महसुस हुने उनले बताए । प्रदर्शनी स्थलमा राखिएको थारु संग्रहालयमा डिलिया, (माछा राख्ने) जाल,हेल्का (माछा मार्ने साधन), ढिकी, सौला (चप्पल), ढकिया, गाडा, गोलरा, किल्वाही, पिर्का ढोकनी, मन्दरा (मादल), भौका (दराज), डोली, लेहङ्गा, चोलीलगायतका सामानहरू राखिएका छन् ।

No description available.

त्यस्तै संग्रहालयमा थारु पहिरनका गरगहना मगौरा, टीक, टउक, कन्सेहरी, झुम्का लगायतका साम्रगीहरु छन् । भने प्रदर्शनी स्थल भित्र थारु परिकार पाइने २३ वटा स्टल पनि राखिएका छन् । जहाँ गँगटा, घोगी, ढिक्री, मुसाका चटनी, सुँगुरको मासु, आलुको चटनी, ढोकनीको चट्नीलगायतका स्वादिष्ट थारु परिकारहरू पाउने गरेको उनले बताए ।

त्यस्तै प्रदर्शनीमा थारु संस्कृति भल्किने सांस्कृतिक प्रस्तुति पनि रहने गरेको उनको भनाइ छ । प्रदर्शनी स्थलमा दैनिक २ देखि ३ हजार मानिसले अवलोकन गर्ने गरेको संयोजक चौधरीले बताए । उनले भने ‘प्रदर्शनी स्थलमा थारु जातिकासँगै अन्य जातिका मानिसको राम्रै उपस्थिति रहने गरेको छ,जति दर्शक आउनुहुन्छ सबैले थारु संग्रहालयको अवलोकन गरेर जानुहुन्छ,दैनिक २ देखि ३ हजारको हाराहारीमा दर्शकको उपस्थिति रहने गरेको छ’ ।

No description available.

‘योसँगै यहाँका स्टलमा रहेका थारु परिकारले पनि दर्शकलाई आकर्षित गरेको छ’ उनले भने ‘थारु संस्कृति र थारु परिकार मन पराउने दर्शकको राम्रै उपस्थिति छ’ । थारु प्रदर्शनी स्थलमा रहेका व्यापार व्यवसाय पनि राम्रै चलेका छन् । सो स्थलमा स्टल राखेर होटल व्यवसाय गर्ने सन्तलाल चौधरीले व्यवसाय सन्तोषजनक रहेको बताए ।

उनले भने ‘दर्शकको राम्रो उपस्थितिले व्यवसाय पनि राम्रै चलेका छ,धेरै ठाउँका मेलामा व्यापार गरियो यहाँ जस्तो राम्रो कतै चलेन्,व्यापार राम्रो चलेको छ’ । त्यस्तै होटल व्यवसायी सपना चौधरीले पनि होटल व्यवसाय राम्रै चलेको बताइन् । उनले भनिन् ‘व्यवसाय ठिकै चलेको छ,थारु परिकार मन पराउनेहरू खान आएकै छन्’ ।

मंसिर २२ गतेबाट सञ्चालन भएको महोत्सव पौष ५ गतेसम्म चल्ने भएको छ । पौष २ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव दर्शकको माग अनुसार ५ गतेसम्म लम्ब्याइएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

 

  • दर्शकको भीड
आइतबार, पुष ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.