• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

धनगढीमा जाऊँ है पोखरा अभियान

  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिमबाट भारतीय सहितका अन्य पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा सिधा हवाई उडान पुनः नियमित सञ्चालन गर्न माग गरिएको छ । पोखराबाट सुरु भएको जाऊँ है पोखरा अभियान अन्तर्गत सोमबार पोखरा र धनगढीका पर्यटन व्यवसायी सहित विभिन्न संघ संस्थाका व्यक्तिहरू बिच भएको छलफलमा सहभागीहरूले दुवै क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न धनगढी देखि पोखरासम्मको सिधा हवाई उडान गर्न माग गर्नु भएको हो ।

केही समय अघि धनगढी–पोखरा बुद्ध एयरले सिधा हवाई उडान सुरु गरे पनि कोभिड पछि देशमा आर्थिक मन्दीका कारण उक्त सेवा हाल स्थगित हुनुले पोखरा धनगढीको पर्यटन प्रबद्र्धनमा प्रभावित भएको व्यवसायीहरूले उक्त कार्यक्रममा गुनासो गरेका थिए ।

होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा पश्चिम तर्फ सुरु गरिएको उक्त अभियान अन्तर्गत सहभागीहरूले स्तरीय बस सेवा र यस्ता अभियान दुवै तर्फ हुनु पर्ने बताउँदै धनगढीका व्यवसायीहरूले पोखराबाट पनि आफूहरूको क्षेत्रमा पर्यटकहरू पठाउन माग गरेका छन् ।

पोखरालाई केन्द्र सरकारले पर्यटकीय राजधानी घोषणा नगरेपनि पोखरा पर्यटकीय राजधानी रहेको दाबी गर्दै पोखरा र सुदूरपश्चिम क्षेत्रको पर्यटकीय राजधानीसँग हरेक पर्यटकीय गन्तव्यहरू जोड्न जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले पर्यटकीय पूर्वाधार निर्माणको क्रममा रहेको बताए । पोखराबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने बताउँदै उनले धनगढी क्षेत्रको पर्यटन प्रबद्र्धन र पूर्वाधार विकासमा संघ र प्रदेश सरकारले समेत खासै सहयोग नगरेको गुनासो गरे ।धनगढीले वार्षिक दुई सय जना ज्येष्ठ नागरिकलाई पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्म लैजाने गरेको उपप्रमुख रानाले बताए । स्थानीय उत्पादनलाई आफूहरूले जोड दिएको उनको भनाई थियो ।

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले निजी क्षेत्रलाई सुदूर पश्चिममा पर्यटन प्रवद्र्धन र पर्यटन क्षेत्रको पूर्वाधार विकासमा गर्नुपर्ने विकासका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकार र पोखराका पर्यटन व्यवसायीसँग सहकार्य गरेर सुदूर प्रदेश सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

होटल व्यवसायी महासङ्घका पर्यटन सचिव कलमबहादुर बमले राज्यका तीन तहका सरकारका बीचमा राम्रो सहकार्य हुन नसक्दा व्यवसायी मर्कामा परेको दाबी गरेका छन् । सुदूर पश्चिमबाट पोखरा सिधा उडान जोड्न सके भारतीय पर्यटकलाई सहज हुने उनले दाबी समेत गरे । विगत २० वर्षदेखि जाऊँ है पोखरा अभियान सञ्चालन भएको स्मरण गर्दै उहाँले उक्त अभियानले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका हुन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन बोर्ड व्यवसायीसँग मिलेर पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्दै आएको बताए । भारत र चीन पर्यटकको समुन्द्र कै रुपमा रहेको अवस्थामा नेपालले गिलास थापेर बस्दा पनि त्यो भर्न नसकेको टिप्पणी गरे।

कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले सुदूर प्रदेशसँग पोखरामा सिधा हवाई कनेक्सन हुनुपर्नेमा जोड दिए । नाट्टा सुदूर पश्चिमाञ्चल प्रदेश संघका अध्यक्ष शिवहरि पाण्डेले कोभिड पछि पर्यटन व्यवसायी पलायन हुने अवस्थाबाट अहिले लयमा फर्केको बताए ।होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेले पोखराका व्यवसायीले चलाएको अभियान आँफूहरुका लागि प्रेरणा भएको बताए ।

होटल सघं पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल संघ पोखराले चलाएको जाऊँ है पोखरा र चलिए पोखरा लगायतका कार्यक्रमका साथै अन्य पर्यटकीय संघ संस्थाहरूले चलाएका अभियानले अहिले पोखरा पर्यटन चलायमान बनाएको दाबी गरे । मुक्तिनाथ मन्दिरका कारण पोखरा क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन भएको उनले दाबी गरे ।

होटल संघ पोखराका सचिव पार्वती पाण्डेले शुक्रवारबाट सुरु भएको जाऊँ है पोखरा अभियान विभिन्न कार्यक्रम सहित, लुम्बिनी, नेपालगन्ज, धनगढी हुँदै अब महेन्द्रनगर पुग्ने बताए । टोली महेन्द्रनगरसम्म पुगेर पोखरा फर्कने भएको उनले जनाए । उक्त टोलीमा पोखराबाट होटल संघ सहित पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि र पत्रकारको सहभागिता रहेको होटल संघ पोखराका कोषाध्यक्ष नेत्र पौडेलले बताए ।

  • जाऊँ है पोखरा
सोमबार, पुष ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.