काठमाण्डौं- कैलाली जिल्ला प्याब्सनलाई देशभरीकै उत्कृष्ट प्याब्सनका रूपमा सम्मान गरिएको छ। प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन९२०८० मा उल्लेखनीय गुणात्मक सहभागिता र उत्कृष्ट गतिविधि र सक्रियतामा अग्रणी भूमिका निर्वाह गरेको भन्दै कैलाली जिल्ला प्याब्सन सम्मानित भएको हो। प्याब्सन केन्द्रीय कार्यसमितिको आयोजनामा हालै काठमाण्डौमा सम्पन्न प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन २०८० मा सम्मान गरिएको हो।
७७ वटै जिल्लाका प्याब्सन समितिहरूमध्ये कैलाली जिल्ला प्याब्सन वर्षभरि गरेका उत्कृष्ट गतिविधि,प्याब्सनका नीति निर्देशनको पूर्ण पालना र प्याब्सनको ञप्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन९२०८० मा संख्यात्मक हिसाबले सबैभन्दा बढी सहभागिता जनाए बापत उत्कृष्ट प्याब्सन जिल्ला समितिका रूपमा सम्मानित भएको हो ।
प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन९२०८० मा कैलाली जिल्ला प्याब्सनलाई उत्कृष्ट प्याब्सनका रूपमा घोषणा गरेका हुन्। कैलाली जिल्ला प्याब्सनका अध्यक्ष टोपेन्द्र शाहले कैलालीलाई उत्कृष्ट प्याब्सनका रूपमा सम्मानित गरेकोमा प्याब्सन केन्द्रीय समितिलाई धन्यवाद दिएका छन्।
















