• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

कञ्चनपुरको बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज

  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित

कञ्चनपुर- गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातर पहाड उक्लिदै शुक्लाफाँटा नगरपालिका–८ स्थित बतासे झर्ना पुग्ने गर्दथे। अहिले यस क्षेत्रमा पदमार्ग निर्माण गरिएपछि पर्यटकलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ। ढुंगा विच्छ्याएर पदर्माग निर्माण गरिएको छ।

पहाडमाथि उक्लिने ठाउँमा ढुंगाका खुट्किला निर्माण गरिएका छन्। तेर्सो बाटोमा सहज रुपमा हिँड्न मिल्ने गरी ढुंगालाई एक नासले मिलाएर विच्छ्याइएको नगरपालिकाका प्राविधिक धीरज ऐरले बताए। खोलाखल्सीमा कल्भर्टका लागि ठाउँ छाडिएको बताउँदै उक्त स्थानमा पर्यटन बोर्डको १० लाख लागतमा कल्भर्ट निर्माण गरिने उनले जानकारी दिए।

नगरपालिका र जीविकोपाजर्न पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना (एसटिएलआरटी) बीच भएको लागत साझेदारी कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण गरिएको ऐरले बताए। परियोजनाको कूल लागत ३० लाख ५० हजार रहेकामा सम्झौता अनुसार १५ लाख ५० हजार नगरपालिका र १५ लाख एसटिएलआरटीले व्यहोर्ने उनले जानकारी दिए।

२१ लाख ९० हजारको लागतमा उपभोक्ता समितिमार्फत तीन किलोमिटर पदमार्ग निर्माण पूरा गरिएको प्राविधिक ऐरले बताए। तीन लाख ५० हजारको लागतमा होमस्टे तथा उद्यम सिर्जना गर्ने तालिम, होमस्टे नम्बरिङ र सूचना बोर्ड निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए।

ऐरका अनुसार बतासे झर्ना क्षेत्रमा एक लाख ५० हजारमा ‘थ्रि डि भिजेवल बोर्ड’ जडान गरिएको छ। झर्ना क्षेत्र पुग्ने मार्गका ५० ठाउँमा एक लाख ५० हजारमा पर्यटकीय संकेत चिह्न राखिएका छन्। पर्यटकीय क्षेत्रअन्तर्गत ठाउँठाउँमा ५० वटा फोहर विन्स जडान गरिएका उनको भनाइ थियो। ‘पर्यटकीय क्षेत्रमा पुग्न यसअघि पदमार्ग नहुँदा निकै सास्ती हुने गरेको थियो। अहिले पदमार्ग निर्माणसँगै ठाउँठाउँमा संकेत चिह्न राखेका छौँ’, उनले भने।

पदमार्गमा पर्यटकीय संकेत चिह्न, फोहर संकलनका लागि विन्सका साथै होमस्टे नम्बरिङ र सूचना बोर्ड राखेपछि पर्यटकलाई यात्रा गर्न सहज भएको शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुर सिंह महराले बताए। ‘पर्यटकले ल्याउने खानेकुराका प्याकेट तथा प्लास्टिक, प्लेटलगायत सामग्रीले पर्यटकीय क्षेत्रको सौन्दर्यता बिग्रने भएकाले ठाउँठाउँमा फोहर संकलनका लागि विन्स जडान गरेका छौँ’, उनले भने, ‘पदमार्गमा राखिएका सूचना बोर्डले पर्यटकलाई गन्तव्यमा पुग्न थप मद्दत गरेको छ।’

पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकलाई फाइदा पुग्नुका साथै यहीँ मार्ग हुँदै सामान पिठ्यूँमा बोकेर डडेल्धुराको पर्शुराम नगरपालिकातर्फ जानेलाई पनि सहज भएको छ। पिठ्यूँमा पसलको सामान भरियामार्फत बोकाएर हिड्ने गरेकामा पदमार्ग निर्माणले आवतजावतमा सहजता थपेको व्यापरी धनबहादुर विष्टले बताए। ‘गतिलो बाटो नहुँदा विगतमा पहाड उक्लिन निकै कठिन थियो’ उनले भने, ‘चिप्लेर चोटपटक लाग्दथ्यो।

थोरै मात्रै समान बोक्न सकिन्थ्यो। अहिले पदमार्ग निर्माण हुँदा ३० देखि ५० किलो सामान पिठ्यूँमा राखेर बोक्दै आएका छौँ।’ उनका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिकाका अधिकांश बासिन्दाको घरायसी सामान खरिद गर्ने, बिरामी हुँदा उपचारका लागि अस्पताल पुग्ने ठाउँ झलारी बजार हो।

मोहन महरका अनुसार पर्यटकीय गन्तव्यका रुपमा झर्ना खोला पार गर्दै पहाडका बासिन्दाले हिँडडुल गर्दै आएका छन्। ‘पहिले बाटो नहुँदा खोला खोला भएर हिँड्थ्यौँ’, उनले भने, ‘अहिले पदमार्ग निर्माण भएपछि चिप्लिँदै लड्ने डर पनि छैन, सहज रुपमा हिँडेर गन्तव्यमा जाँदैछौँ।’

तीन किलोमिटरको पदमार्ग निर्माण गर्न ४५ दिन लागेको निर्माण समितिका अध्यक्ष कमल सिंह महराले जानकारी दिए। उनका अनुसार पदमार्ग निर्माणमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

निर्माणमा संलग्न मजदुर रामसिंह महराले घरव्यवहार चलाउनका यसअघि भारत जाने गरेकामा गाउँमै रोजगारी पाइएपछि जीविकोपार्जनमा सहज भएको बताए। ‘गाउँमै काम पायौँ’, उनले भने, ‘एक महिना काम गरेर ३० हजार कमाइ भएको छ। यसले अबको ६ महिनासम्म परिवारको खर्च धान्न सकिन्छ।’

उपभोक्ता समितिमार्फत कार्य हुँदा स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर काम गराइएको समितिका अध्यक्ष महराले बताए। उनका अनुसार प्रविधिकतर्फका कामदारलाई प्रति दिन एक हजार र मजदुरी गर्ने कामदारलाई छ सयका दरले ज्याला दिइएको हो।

पर्यटकीय पदमार्ग निर्माण भएसँगै झर्ना जाने विश्रामस्थलका रुपमा रहेको धारापानी गाउँका बासिन्दाले पनि रोजगारी पाएका छन्। गाउँ घरमा उत्पादन हुने तरकारी, फलफूल, दूध, दही, ध्यू, कुखुरा, खसी, बोकालगायत कृषि उपज बिक्री हुन थालेका छन्। युवाहरूले गाउँमै पसल खोलेर आम्दानी लिन थालेका छन्।

पहिले भारत तथा अन्य जिल्लामा मजदुरीका लागि जाने धारापानीका साइम धामीले पसल सञ्चालन गरेपछि आम्दानी बढन थालेको बताए। ‘सिजनमा निकै आम्दानी हुन्छ’, उनले भने, ‘सिजन सकिएपछि थोरै हुन्छ। त्यसले घर चलाउन सहज भएको छ।’ पदमार्ग निर्माणले पर्यटकको आगमनमा बढोत्तरी भएको उनको भनाइ थियो। डडेल्धुराको पलगडी, सुवाखान, जमिर खाली, बरे गडा, पातली, सिमलबण्ड, गैरेपातल, सल्लेगुडी गायत क्षेत्रका बासिन्दा यसै मार्ग भएर तराई पुग्नका लागि ओहोरदोहोर गर्ने गर्दछन्।

‘पहिला पसल तथा होमस्टे नहुँदा स्थानीयवासीको घरमा बास माग्न पर्यटक आउँथे। अहिले बतासे झर्ना पुग्ने पदमार्गको सहजताले पर्यटक बढन थालेका छन्। पर्यटकलाई लक्षित गरी खोलिएका होटलमा पहाडबाट झर्ने र उक्ले यात्रुले बास पाउन थालेका छन्’, धारापानीका स्थानीय भुवन गौतमले भने। धारापानीको दक्षिणतर्फको सडक भने प्रत्येक वर्ष वर्षामा पहिरोका कारण भाँसिने गरेको उनले बताए।

सडक मार्गको पानी चुहिने ठाउँमा पक्की नाली निर्माण गरी पहिरो रोक्नुपर्ने स्थानीयवासीको माग छ। अहिले धारापानी गाउँसम्म पर्यटकले मोटरसाइकल, जीप, बस लगायतका साधनबाट पुग्ने गरेका छन। धारापानीबाट उत्तरतर्फको क्षेत्रमा बनाइएका पदमार्ग भएर झर्ना पुगिन्छ। कलकल गर्दै पहाडको माथिबाट बग्दै गरेको झर्नाको मनमोहक दृश्य नियाल्नका लागि गर्मी मौसममा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन्।

झर्नालाई गाउँका बासिन्दाले छेकुवा भन्ने गर्दथे। नगरपालिका गठनसँगै जनप्रतिनिधि आएपछि पर्यटकीय क्षेत्रको खोज गर्ने क्रममा भेटिएको झर्नाको नाम बतासे राखेका हो। दुई सय फिट माथिको पहाडबाट बग्ने झर्ना भूइँमा खस्दा त्यसका छिटा चिसो हावासँगै चारैतिर फैलिने भएकाले यसको नाम बतासे राखिएको पदमार्ग निर्माण समितिका अध्यक्ष महराले जानकारी दिए। रासस

 

  • बतासे झर्ना
आइतबार, पुष ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.