दार्चुला- नेकपा (माओवादी केन्द्र) दार्चुलाको प्रशिक्षण कार्यक्रम सदरमुकाम खलंगामा सुरु भएको छ ।
सोमबार माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानकै क्रममा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।
प्रशिक्षण कार्यक्रममा स्थानीय, जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाका संयोजक पदमराज पन्तले जानकारी दिए। अहिले रिपोर्टिङ राख्ने क्रम चलिरहेको उनले बताए। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं दार्चुला इन्चार्ज नरेन्द्र कुवँर विजयसुन्दरको अध्यक्षतामा सञ्चालन भइरहेको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सुदूरपश्चिमका कार्यबाहक इन्चार्ज खगराज भट्ट, पूर्व मन्त्री एवं माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक मानबहादुर धामीलगायतको उपस्थिति रहेको जनाइएको छ।













