• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

सुदूरपश्चिममा लगानी गर्न आग्रह

  •   सोमबार, पुष ०९, २०८० मा प्रकाशित

काठमाडौं- सुदूरपश्चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकोले लगानी गर्न आह्वान गरेको छ । काठमाडौँमा सोमबार सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयमा भएको अन्तर्क्रिरया कार्यक्रममा प्रदेश सरकारले लगानीको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसकी नेतृ तथा प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा। आरजु राणा देउवाले सुदूरपश्चिम प्राकृतिक स्रोत, संस्कृति तथा भेसभुसामा सम्पन्न भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकास भइरहेको बताइन् । उनले भनिन् ‘सुदूरपश्चिम प्रचुर सम्भावना छ र अब लगानीकर्तालाई सुरक्षित महसुस गराउने गरी वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ ।’

उनले सुदूरपश्चिमको पर्यटन विकासमा नेपाल पर्यटन बोर्डले पनि पिछडिएको र कम प्रचार भएको क्षेत्रको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएकी हुन् । उनले थपिन् ‘दिगो पर्यटन विकासका लागि समुदायमा आधारित पर्यटन विकासलाई जोड दिनुपर्दछ। यसका लागि हामीले स्थानीय समुदायमा जनचेतना जगाउने र उनीहरूलाई पर्यटन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ भन्ने बुझाउन जरुरी छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा जन्मिएर देश र विदेशमा विभिन्न पद र ओहदामा बसेकाहरूले आफ्नो अनुभव, बौद्धिक, भौतिक, आर्थिक लगानीलाई सुदूरपश्चिममा लगानी गर्न आह्वान गरेका छन् ।

उनले भने, ‘अब सुदूरपश्चिममा सम्भावनाका ढोका खुलिसकेका छन् । हामीसँग ठुलो बजार छ। हामी नीतिगत र कानुनी अड्चन फुकाउने र लगानीको लागि वातावरण निर्माण गर्छौं र तपाईंहरू आएर लगानी गरिदिनुस् ।’ त्यसैगरी, सुदूरपश्चिमका पर्यटन मन्त्री रमेश धामीले संघ सरकारले सुदूरपश्चिममा लगानी गर्नुपर्छ भन्ने महसुस गर्न नसकेकोप्रति दुख व्यक्त गर्दै निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरेका छन् ।

उनले भने, ‘सुदूरपश्चिम लगानी गर्न सरकारी निकाय तयार हुनुपर्छ अनि निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ। हामीले दक्ष जनशक्ति उत्पादनका लागि नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान सुदूरपश्चिममा स्थापना गर्ने गरी काम अघि बढाइसकेका छौँ। अब लगानीकर्ताले डराउनुपर्ने स्थिति छैन, ढुक्क भएर लगानी गर्नुस् ।’

लगानी बोर्डका सीईओ शुशिल भट्टले सरकारले लगानी सम्मेलन गर्न लागेको उल्लेख गर्दै प्रदेशलाई आफ्ना योजनाहरू प्रस्तुत गर्न आग्रह गरेका छन् । लगानी बोर्डले प्रदेश सरकारले ल्याएका योजनाहरूलाई स्वकेश गराउन सहयोग गर्ने र अन्य परियोजनाहरूमा पनि लगानी गर्न आग्रह गरेका हुन् ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले आन्तरिक लगानीलाई मात्रै पनि परिचालन गर्न सकेको अवस्थामा सुदूरपश्चिमको पर्यटन विकासका लागि धेरै समय नलाग्ने बताए। उनले प्रदेश सरकारले नीति निर्माण गर्दा लगानी आउने वातावरणलाई खुकुलो बनाएर अघि बढ्नुपर्नेमा उनले सुझाव दिए ।

नेपाल नदी संरक्षक मेघ आलेले कर्णालीको सभ्यतालाई जोगाएर पर्यटन प्रवर्द्धन गर्न आग्रह गरे। युरोपियन युनियन व्यापार तथा लगानी कार्यक्रमको सहकार्यमा भएको कार्यक्रममा बोल्दै ईयूको वरिष्ठ अधिकृत मिम हमालले पर्यटन प्रवर्द्धनका लागि ईयूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी, पर्यटन व्यवसायी दिनेश भण्डारीले सुदूरपश्चिममा पर्यटन विकासको सम्भावना र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी, सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन पर्यटन उपसमिति संयोजक अमरबहादुर शाहीले पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा होटेल व्यवसायी सङ्घका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देश हिक्मत सिंह ऐरी, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पा, टानका अध्यक्ष निलहरी बास्तोला, र्‍याफ्टिङ एसोसिएसन नेपालका अध्यक्ष शिव अधिकारी, नाटाका महासचिव शिवराज पाण्डे, टुटलका सीईओ शिक्षित भट्टलगायत पर्यटन व्यवसायीहरूले सुदूरपश्चिमको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको विकास तथा लगानी सम्मेलनका विषयमा अहिले काठमाडौँमा व्यापक छलफल गरिरहेको छ ।

 

  • लगानी गर्न
सोमबार, पुष ०९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.