धनगढी- कैलालीको एक सामुदायिक वन भित्र एयरगन फेला परेको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर २ कटानपुरस्थित वनदेवी सामुदायिक वन भित्र एक थान सानो एयरगन फेला परेको हो।
आइतबार राति ९ः३० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) प्रहरी टोलीले सानो एयरगन (नपट्किने) हतियार व्यवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। उक्त एयरगन ईलाका प्रहरी कार्यालय भजनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













