धनगढी- कैलालीमा एक व्यवसायीले आफ्नै घरको छतबाट हाम फालेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको पाँच तलाबाट हाम फालेका हुन् । घटना बुधवार बिहान करिब ११ः२० को हो ।
घरायसी विवादका कारण घरको छतबाट हाम फालेका उनको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ । बेहास अवस्थामा रहेका अग्रवाललाई उपचारका लागी नवजीवन अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
















