कैलाली- धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजुदेवी तिरुवाले राष्ट्रियसभा निर्वाचनमा मतदान गरेनन् । हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।
तिरुवा बिरामी रहेको हुँदा उपस्थित हुन नसकेको बताएकी छन् भने हमालले कुनै प्रतिक्रिया दिएका छैनन् । सुदूरपश्चिममा राष्ट्रियसभाको निर्वाचन सकिएको छ ।













