अछाम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम– सुर्खेत–जंगलघाट फेरीको शिलान्यास गरेका छन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने कर्णाली चिसापानी –जंगलघाट– तुर्माखाँद सडकखण्ड अन्तर्गत जंगलघाटमा गाडी ओसारपसार गर्ने वैकल्पिक व्यवस्थाका लागि फेरीको शिलान्यास गरेका हुन् ।
कर्णाली नदीमाथि सञ्चालन हुन लागेको फेरिले अछामबाट सुर्खेत हुँदै कैलालीसम्म छोटो दूरीका रूपमा यात्रा गर्न सकिने छ । शिलान्यास कार्यक्रममा सङ्घीय सांसद पुष्प बहादुर शाह, प्रदेश सांसद अक्कल बहादुर रावल, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने, तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउँद लगायत जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
















