डडेल्धुरा- डडेल्धुरामा माघ २१ र २२ गते कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ ।कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जिल्लामा रहेका सम्पुर्ण आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा अस्पतालहरूमा १२ बर्ष वा सोभन्दा माथिकालाई पहिलो र दोस्रो बुस्टर खोप लगाइने बताए । पछिल्लो समय भारतबाट आउनेहरूमा सीमा क्षेत्रमा कोभिड संक्रमितहरु बढिरहेकाले पनि यो अभियान सञ्चालन गर्नुपरेको उनले बताए ।
डडेल्धुरामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने
डडेल्धुरामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













