• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

कैलालीमा हुलाकी सडक निर्माण अधुरै

  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित

धनगढी- कैलालीमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य थप गरिएको समयमा पनि पूरा हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण पहिलो पटक थप गरिएको समयावधि सकिँदा पनि स्तरोन्नतिको कार्य पूरा हुन नसकेको हो । यहाँ विभिन्न सात प्याकेजमा हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ ।

धनगढीको क्याम्पस रोडदेखि कट्नी खोलासम्मको सात किलोमिटरको पहिलो प्याकेज स्तरोन्नतिको कार्य मात्रै तोकिएको समयमा पूरा भएको छ । पहिलो प्याकेजको सहरी क्षेत्रमा चार लेनको राजमार्ग बनाइएको छ । बाँकी पूर्वपश्चिम र उत्तरदक्षिणमा स्तरोन्नति भइरहेको छ वटै प्याकेजको निर्माण तोकिएको समयावधिमा पूरा हुन सकेको छैन ।

अधिकांश प्याकेजको काम आधा पनि भएको छैन । ती सबै प्याकेजको पहिलो पटक थप गरिएको समयावधि गएको पुसमै सकिएको छ । लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरमा राजमार्ग स्तरोन्नतिको काम आधा पनि नभएको हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीले जानकारी दिएको छ । उक्त सडक निर्माणको प्याकेज अनुसार भौतिक प्रगति ३५ देखि ४५ प्रतिशतसम्म पुगेको आयोजना कार्यालयका इन्जिनियर बर्खबहादुर कठायतले बताए ।

उहाँका अनुसार पहिलो पटक थप गरिएको म्याद गुज्रिँदासम्म राजमार्ग स्तरोन्नति कार्य पूरा नभएपछि पुनः म्याद थपको प्रक्रिया अगाडि बढाइएको छ । “छ महिनादेखि बढीमा एक वर्षसम्म म्याद थप हुन्छ,” कठायतले भने, “यही गतिमा काम भएमा थपिएको समयमा पनि काम पूरा हुने जस्तो देखिँदैन ।” पूर्वपश्चिम अन्तर्गतको हुलाकी राजमार्ग निर्माणको काम एकदेखि तीन प्याकेजमा स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ । कट्नी खोलादेखि १४ किलोमिटर दुरीमा दोस्रो प्याकेजको ३२ करोड ३० लाख रुपियाँमा काम भइरहेको छ ।

त्यस्तै १९ देखि ३१ किलोमिटर खण्डलाई तेस्रो प्याकेज बनाएर स्तरोन्नति भइरहेको छ । यो खण्ड २७ करोड ८५ लाख रुपियाँमा ठेक्का भएको थियो । भजनीको ठेकीपुर पुलदेखि चौथो प्याकेजमा कालिका–जोशी जेभीले काम गरिरहेको छ । ३२ करोड ६६५ लाख रुपियाँमा यो खण्डको ठेक्का भएको थियो । यसै गरी उत्तरदक्षिणतर्फ हुलाकी राजमार्ग निर्माण कार्य अन्तर्गत लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरका पहिलो प्याकेज बनाएर काम भइरहेको छ । यसको ठेक्का अवधि गत असार ५ गते सकिएको हो ।

४० करोड १९ लाख रुपियाँमा ठेक्का पाएर कालिका–कुमार जेभीले काम गरिरहेको छ । आठ देखि १८ किलोमिटरसम्मको दोस्रो प्याकेजको थप म्याद पनि गत पुस २५ गते नै सकिएको छ । ४० करोड ९९ लाखमा एपेक्स–खड्का–कृष्ण जेभीले काम गरिरहेका छन् ।

टीकापुर–खक्रौलासम्म ११ किलोमिटर रहेको तेस्रो प्याकेजको म्याद पुस १३ मै सकिएको छ । यो खण्डमा ३३ करोड २० लाख रुपियाँ लागतमा रायमाझी–गल्वा जेभीले गरिरहेको छ । कैलालीमा आर्थिक वर्ष २०६४/६५ देखि आव २०७७/७८ बाट हुलाकी स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र बाँकी अरू क्षेत्रमा दुई लेनमा राजमार्ग स्तरोन्नति गरिँदै आएको छ । गोरखापत्रबाट

  • निर्माण अधुरै
सोमबार, माघ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.