• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ४. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ५. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ६. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ७. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ८. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ९. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

गोदावरी नगरपालिकाद्वारा नदीजन्य पदार्थको अवैध उत्खनन्

  •   सोमबार, माघ २२, २०८० मा प्रकाशित

कैलाली- कैलालीको गोदावरी नगरपालिकाले जथाभावी नदी उत्खनन् गर्न थालेको छ । नगरपालिकाले स्थानीय गोदावरी, खैराला र खुटिया नदीबाट मापदण्ड विपरीत ढुङ्गा, बालुवा र गिट्टी संकलन गरिरहेको पाइएको हो । नगरपालिकाले एक प्याकेजमा गोदावरी र खैराला खोला र अर्को प्याकेजमा खुटिया नदीबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन् गर्न ठेक्का दिन अहिलेसम्म तीनपटक सूचना निकाले पनि ठेक्का लाग्न सकेको छैन । खोलाहरू ठेक्कामा नलागेपछि नगरपालिकाले गत असोजदेखि अमातमा आफैं राजश्व संकलन गरिरहेको छ ।

तर, नगरपालिकाको संलग्नतामा गोदावरी, खैराला र खुटिया नदीमा व्यापक दोहन भएको स्थानीयको गुनासो छ । स्थानीयले विरोध गर्दा पनि जथाभावी उत्खनन् नरोकिएको गोदावरी-४ का स्थानीय मोहनबहादुर खत्रीले बताए । ‘हामीले विरोध गर्दा पनि खोलामा जेसिबी हाल्न रोकिएको छैन । जथाभावी उत्खनन्ले बस्ती जोखिममा छ । खानेपानी नलमा आउन छोडेको छ,’ उनले भने, ‘नियमअनुसार उठाउनु त ठिकै हो तर गत वर्षदेखि शाखा खोलाहरूमा पनि मसिन लगाएर उत्खनन् गर्ने काम भएको छ।’

गोदावरी नगरपालिकाले गत असोज २३ गतेदेखि पालिकाका तीनवटा खोलाबाट अमानतमा आफैले नदीजन्य वस्तु निकासीको राजश्व संकलन गरिरहेको छ । तीन पटकसम्म सार्वजनिक सूचना गर्दा पनि ठेक्कामा लाग्न नसकेपछि नगरपालिकाले आफैले कर्मचारी खटाएर गोदावरी, खैराला र खुटिया नदीबाट ढुङ्गा, गिट्टी र बालुवाको राजश्व संकलन गर्न थालेको हो । तर तीनवटै खोलामा मापदण्ड विपरीत जथाभावी उत्खनन् भइरहेको स्थानीको गुनासो छ ।

नगरपालिकाको वडा नम्बर ४ हुँदै बग्ने खैराला खोलामा जथाभावी उत्खनन् भइरहेकाले गाउँ नै जोखिममा रहेको स्थानीय विस्नाकुमारी कडायत साहुले बताए । ‘टाकुराबाट त्यो फुटेर आएपछि हाम्रो गाउँ नै लैजाने हो। अहिले सोचेका छैनन् उनीहरूले, खल्तीमा मात्रै हेरिरहेका छन्,’ उनले भने, ‘यो खोला फुटेपछि हाम्रो गाउँ नै जाने हो।’ स्थानीयले एक्स्काभेटर र डोजर लगाएर खोला उत्खनन् नगर्न गरेको आग्रह नगरपालिकाले नटेरेको बताएका छन् ।

गोदावरी, खैराला र खुटिया नदीका उत्खनन् गर्दा नदीको छेउबाटै नदीजन्य पदार्थ उठाएको, मापदण्ड विपरीत गहरो खल्डा बनाएर उत्खनन् गरिएको देख्न सकिन्छ । नगरपालिकाले गाउँ, बस्ती र खेतीयोग्य जग्गालाई जोखिम हुने गरी नदी उत्खनन् गर्न नहुने खैरालाका स्थानीय शेरबहादुर बिष्टको भनाइ छ ।

‘विकास गर्न नदीजन्य पदार्थ उत्खनन् गर्नै पर्छ । तर गाउँबस्तीलाई नै जोखिममा पारेर खेतीयोग्य जमिनलाई नै प्रभाव पार्ने गरी यसरी नदीजन्य पदार्थ उत्खनन् गर्दा यसले गाउँलाई प्रभावित पार्छ,’ बिष्टले भने । गोदावरी नदीको तीन ठाउँबाट नगरपालिकाले उत्खनन् गरिरहेको छ । गोदावरी नदीमा ठाउँ-ठाउँमा गहिरा खाल्डा खनेर बालुवा र गिट्टी झिक्ने काम भएको देख्न सकिन्छ । नदीमा पाँचवटा एक्स्काभेटर लगाएर उत्खनन् भइरहेको छ ।

प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनका १ देखि ३ मिटर गहिरो खन्न पाउने व्यवस्था भए पनि त्योभन्दा गहिरो खनेर नदीबाट जथाभावी प्राकृतिक स्रोत दोहन गर्ने काममा नगरपालिका प्रत्यक्ष संलग्न रहेको नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका स्थानीय गोकर्ण भट्टले बताए । ‘नगर प्रमुखले यहाँ विनास गरिरहेका छन् । उनको सिधैं संलग्नता छ। यो भन्दा पहिले ठेक्काबाट काम हुन्थ्यो,’ उनले भने, ‘जबदेखि बिरेन्द्र भट्ट नगर प्रमुख भएर आए उनले अमानतमा आफैंले ठेक्का लगाउने, आफ्ना कार्यकर्ता भर्ती गर्ने, आर्थिक अनियमितता र भ्रष्टाचार गर्ने काम उनले गरिरहनुभएको छ ।’

गोदावरी नगरपालिकाले आइई रिपोर्ट विपरीत नदी उत्खनन् गर्न प्रोत्साहन मात्रै होइन् प्रत्यक्ष संलग्नतामा मापदण्ड विपरीतका गतिविधि भइरहेको स्थानीयको भनाइ छ । नगरपालिकाले स्थानीय व्यवसायीलाई मनलाग्दी किसिमले नदीबाट ढुङ्गा, माटो, बालुवा र गिट्टी उठाउन दिएको नगरवासीको गुनासो छ। तर, नगरपालिकाले अनुगमन समिति बनाएर नियमित अनुगमन भइरहेको जनाएको छ।

मापदण्डअनुसार नै नदीजन्य पदार्थ उत्खनन् गर्न भनिए पनि कुनै कुनै ठाउँमा मापदण्ड विपरीत काम भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले स्वीकार गर्नुभयो । ‘नगरपालिकाबाट अनुगमन समिति गठन गरिएको छ। मैले स्वयम् आफै पनि अनुगमन गर्ने गरेको छु । हामी नभएको बेला मापदण्ड मिचिएको पमइएको छ ।

तर त्यसलाई रोक्न लगाइएको छ,’ प्रमुख प्रशासकीय अधिकृत भट्टले भने । नगरपालिकाले नदीमा भइरहेको उत्खननको अनुगमन गर्न पाँच सदस्यीय खोलानाला अनुगमन समिति गठन गरिएको छ। वडा नम्बर २ का सदस्य देवराज भट्टको संयोजकत्वमा गठित समितिमा वडा सदस्यहरू गम्भीर साउँद, चन्द्र बिसी, तारा छेडाल र धनी कामी सदस्य छन् । तर, गठित समितिले जथाभावी भइरहेको उत्खननलाई रोक्न भने सकेको छैन् ।

कैलालीको गोदावरी र खैराना नदीबाट १८ गाडी प्रशासनको नियन्त्रणमा

कैलालीको गोदावरी नगरपालिकाको गोदावरी र खैराना नदीबाट एक्स्काभेटर र डोजरसहितका १८ गाडी प्रशासनले नियन्त्रणमा लिएको छ । गोदावरी नदी र खैराना नदी उत्खननमा प्रयोग भएका गाडीहरू प्रशासनले नियन्त्रणमा लिएको हो ।

नदीबाट मापदण्ड विपरीत ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा प्रयोग भएका ३ वटा एक्स्काभेटर, ३ जेसिबी, १० वटा टिपर र ३ वटा ट्याक्टर खानी तथा नदीजन्य पदार्थको जिल्ला स्तरीय अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खगराज भुषाल नेतृत्वमा गएको टोलीले अवैध उत्खननमा प्रयोग भइरहेका गाडीहरू नियन्त्रणमा लिएको हो ।

गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन गरिरहेको भन्ने सार्वजनिक गुनासो प्राप्त भएपछि संयोजक भुषालसहित प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, कैलाली प्रहरी प्रमुख एसपी देवेन्द्रबहादुर पाल, डिभिजन वन कार्यालय धनगढीका प्रमुख वन अधिकृत रामचन्द्र कँडेल, सशस्त्र प्रहारी बलका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धान र राजस्व अनुसन्धानका प्रमुखसहितको टोलीले गोदावरी र खैराना नदीबाट १८ वटा गाडी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका गाडीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको र नदी उत्खननका विषयमा थप अध्ययन गरिने जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख भुषालले बताए ।

  • अवैध उत्खनन्
सोमबार, माघ २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप
धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

समाचार

सबै

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

धनगढीका नगरप्रमुख गोपाल हमालले लगाए जेई रोग विरुद्धको खोप

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ३.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ४.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ५.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ६.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.