धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–२ मोहनपुरस्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालयमा नाम थर नखुलेको अन्दाजी ७२ वर्षीय पुरुष मृत अवस्थामा सोमवार दिउँसो फेला परेका हुन्। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको छ।













