धनगढी ः खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीले चालु आर्थिक वर्षमा प्रदेश अन्र्तगतका खानेपानी कार्यक्रम अन्र्तगत ६९ योजना रहेको जानकारी दिएको छ । कैलालीमा ६४ र कंचनपुरमा ५ आयोजना गरी ६९ योजना रहेको जनाएको हो ।
योजना सम्पन्न गर्न चालु आर्थिक वर्षमा ३३ करोड ३६ लाख ६० हजार रुपैयाँ बिनियोजन भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका निमित्त डिभिजन प्रमुख गणेशप्रसाद उपाध्यायले निशाना न्युजलाई जानकारी दिए ।प्रदेशका योजनामा बजेट अभाब हुदैन, सम्पन्न गर्न धेरै समय पनि लाग्दैन उनले भने समस्या संघबाट हुने योजनामा हो । बजेट अभाबका कारण समयमै काम सम्पन्न हुन ढिलो भई रहेको उनले बताए ।
५ देखि १० करोडका बजेट भएका आयोजनामा बजेट बिनियोजन कम भएर आउनाले समयमै योजना सम्पन्न गर्न र परिणाम मुखीकाम हुन नसकिएको उनको भनाइ छ ।जलबायु अनुकुलित खानेपानी आयोजना प्रदेश गठन पश्चात संघबाट हस्तान्तर भएका कार्यक्रममा बजेट अभाबका कारण १० देखि १५ बर्ष हुँदापनि काम सम्पन्न हुन नसकेको उनले बताए ।जलबायु अनुकुलित बृहत खानेपानी आयोजना संघ ससर्त अनुदान अन्र्तगतका कैलालीमा ४१ र कंचनपुरमा ३७ गरी ७८ योजना रहेका छन् । जस्मा बजेट २२ करोड ७२ लाख रहेको छ ।
त्यस्तै खानेपानी सेवा बिस्तार तथा पुनःस्थापना कार्यक्रम संघ ससर्त अनुदान अन्र्तगत कैलालीमा १५ र कंचनपुरमा १५ गरी ३० आयोजना रहेको र बजेट २ करोड ७९ लाख १० हजार रुपैयाँ रहेको निमित्त डिभिजन प्रमुख उपाध्यायले बताए ।प्रदेश र संघ अन्तर्गत कैलालीमा पूराना नयाँ गरी १२० र कंचनपुरमा ५७ योजना गरी जम्मा १७७ रहेको उनले बताए । आर्थिक बर्ष २०८०÷०८१ मा खानेपानी सेवा बिस्तार संघबाट हस्तान्तरण भएका योजना ३० रहेको उनको भनाई छ ।प्रदेश र संघ अन्तर्गतका योजनाहरु केही सम्पन्न हुनेक्रममा रहेको उनले बताए ।
















