धनगढी- कैलालीको धनगढीमा कार र स्कुटर एक आपसमा ठोक्किएका छन्। धनगढी उपमहानगरपालिका–४ चटकपुरमा बिहीबार कार र स्कुटर एक आपसमा ठोक्किएका हुन्।
३० वर्षीय मनिष कुँवरले चलाएको बा ९ च २६२५ नम्बरको कार र विपरीत दिशाबाट आएको से ६ प ७१८७ नम्बरको स्कुटर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।
स्कुटर चालक गोदावरी नगरपालिका–५ गेटाका २७ वर्षीय रस्सन र सोही स्थानकी ३० वर्षीया चन्द्रा चौधरी घाइते भएको प्रहरीले जनाएको छ। स्कुटरमा सवार दुवै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
दुवैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। कार चालक कुँवर नेपाल विद्यार्थी संघ कैलालीका सभापति हुन्।
















