धनगढी- धनगढी उपमहानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका फर्जी सदस्य भेटिएका छन् । आउँदो फागुन ६ र ७ गते सुखडमा हुन गइरहेको जिल्ला अधिवेशका लागि प्रतिनिधि छनौट हुनुअघि नै फर्जी सदस्य भेटिएका हुन् ।
एमाले पार्टी कार्यालयमा पार्टी सदस्यले भौतिक रुपमा उपस्थिती जनाएर रुजु गर्ने प्रावधान रहेकोमा उपस्थित नभएर निवेदन दर्ता भएको जनाइएको छ । पार्टी सदस्यताका लागि सम्बन्धित व्यक्तिको भौतिक रुपमा उपस्थित हुनु पर्नेमा लिखित निर्णय नै नगरी फर्जी सदस्यता थपेको जनाइएको छ ।
वडा नं. ५ मा शनिबार अधिबेशनका लागि प्रतिनिधि छनौट गरिने जनाइएको छ । ती सदस्य अधिकांश नागरिक उन्मुक्ति पार्टीसँग आवद्ध रहेको जनाइएको छ । एमाले कार्यबहाक अध्यक्ष दुर्गा जोशीले फर्जी सदस्य नभएको बताए । उनले सबै सदस्यले पार्टी कार्यालयमा आएर सदस्यता रुजु गरिरहेको दाबी गरे ।
हेर्नुहोस विज्ञप्ति जस्ताको त्यस्तै

















