धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ रातोपुलमा रहेको अनाया एजुकेशन एकेडेमीले सरस्वती पूजाको अवसरमा भर्ना हुने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने भएको छ ।
एकेडेमीले ब्रसर सार्वजनिक गर्दै बुधवार (भोलि) सरस्वतीको पूजाको दिन भर्ना हुने विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको हो । यसका साथै एकेडेमीले एउटै घरका तीन जना भन्दा बढी भर्ना भए एक जनालाई निःशुल्क शिक्षण दिइने जनाएको छ ।
यस एजुकेशनले दैनिक क्रियाकलाप र सामाजिक जीवनमा सक्रिय सहभागिताका लागि सुनाई, बोलाई, पढाई र लेखाई जस्ता भाषिक क्षमताको विकासमा जोड दिँदै आइहरेको छ ।
आत्मनिर्भर हुन जीवन निर्वाहका लागि आयआर्जन गर्न सक्ने क्षमता र सामान्य व्यावसायिक सीपको बिकास र व्यक्तिगत अभिव्यक्ति र सञ्चारका लागि भाषाहरु (मातृभाषा, नेपाली, अंग्रेजी र कम्प्युटर) को ज्ञान र सीपको विकास गर्दै आइहरहेको छ । एकेडेमीमा अनुभवी प्रशिक्षकहरुद्वारा अध्ययन÷अध्यापन गराउने दाबी गरिएको छ ।














